पोखराका वडामा सत्तारुढ दलहरुबीच तालमेल नहुने

१६ वैशाख, पोखरा । पोखरा महानगरपालिकामा सत्तारुढ दलहरुबीच मेयर र उपमेयर पदमा मात्र तालमेल हुने भएको छ । वडास्तरमा तालमेल गर्ने विषयमा शुक्रबार दलहरुबीच भएको छलफलमा सहमति नजुटेपछि मेयर र उपमेयरमा मात्र तालमेल हुने भएको हो । वडास्तरमा अब सबै दलले आपसमा प्रतिस्पर्धा गर्ने भएका छन् । शुक्रबार बसेको गठबन्धनमा रहेका दलको बैठकमा सहमति हुन […]

सम्बन्धित सामग्री

कार्यकर्ताले नेता थुने, कास्कीमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय (भिडिओ)

पोखरा । महानगरपालिकाका वडाहरूमा भागबण्डा नमिलेको र अन्य चार गाउँपालिकामा पनि कुरा नमिलेपछि कास्की कांग्रेसले केन्द्रबाट तालमेल भएको मेयर पदबाहेक पोखराका वडामा एक्लै चुनाव लड्ने निर्णय गरेको छ । दिनभर भागबण्डाका लागि छलफल भए पनि कुरा मिलेको छैन । अर्कोतिर कांग्रेस नेताहरूलाई गठबन्धन नगर्न भन्दै कार्यकर्ताले चार घण्टा भन्दा थुनेपछि अन्तिममा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने निर्णय […]