राहदानी, लाइसेन्स जस्ता सेवा लिन सास्ती नहुने

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राहदानी, लाइसेन्स जस्ता काममा जनतालाई दुःख सास्ती नहुने बताएका छन्। उनले अबको सरकारले सुशासन कायम गर्ने पनि बताए।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको नवनिर्मित मन्त्रिपरिषद्को पहिलो बैठकपछि प्रचण्डले यस्तो जानकारी दिएका हुन्।उनले भने‚ ‘राहदानी, लाइसेन्स सम्बन्धी लामा लाइन देखेका छौँ, यसको प्रभावकारी सेवा दिने किसिममा केन्द्रित भएका छौँ।’साथै नेपालको अर्थतन्त्र जटिल भएकाले त्यसलाई सुधार्ने, प

सम्बन्धित सामग्री

कास्कीमा लाइसेन्स नवीकरण अनलाइनबाटै

२० असार, पोखरा । धेरै लाइन लाग्नुपर्ने र सेवा लिन महिनौ कुनुपर्ने सरकारी कार्यालयमध्येको एक हो, यातायात व्यवस्था कार्यालय । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउनदेखि नवीकरण गर्नसम्म घन्टौं लाइनमा बस्नुपर्ने बाध्यता छ । कास्कीमा अब भने अनलाइनबाटै नवीकरण दस्तुत तिर्न पाइने भएको छ । यातायात क्षेत्र सुधारको प्रयास गरिररहेको गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात […]

सरकारी अनलाइन सेवाको भद्रगोल

राहदानी विभागले सूचना जारी गर्‍यो– ‘हाम्रो सर्भरमा देखिएको समस्या समाधान भइसक्यो । तयार छ भन्ने सूचना पाएकाले मात्रै विभागमा लिन आउनुहोला ।’ पुष्पकमल दाहालले प्रधानमन्त्री पदमा सपथ लिए लगत्तै उच्च पदस्थ कर्मचारीहरूलाई जनताले लाइसेन्स र राहदानीका लागि लाइनमा बसेर सेवा लिन धेरै हैरानी खेपिरहेकाले सेवा प्रवाह सरलीकरण गर्न निर्देशन दिएका थिए ।

राहदानी विभागको ‘सफ्टवेयर इरर’ कि सरकारलाई असहयोग गर्ने कर्मचारीको नियत ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गरेलगत्तै पासपोर्ट र लाइसेन्स वितरणका लागि हुने भीड हटाउने गरी काम गर्न मातहत मन्त्रालय र सचिवहरूलाई निर्देशन दिए । मन्त्रिपरिषद्को पहिलो निर्णय नै सोही विषयमा केन्द्रित रहेपछि उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले समेत राहदानी विभागमा अनुगमन गरे ।  प्रधानमन्त्रीको निर्देशनपछि पनि राहदानी विभागमा भएको लाइन हट्न सकेन । दैनिकरुपमा पासपोर्ट बनाउन आउने सेवाग्राहीको सङ्ख्या बढेपछि लाइन थप चर्को बन्यो ।  दैनिक १ हजार ८ सयलाई सेवा दिन सक्ने क्षमता भएको राहदानी विभागमा दैनिक ६ हजारको हाराहारीमा सेवा लिन खोज्नेहरू आएपछि विभागमा भीड बढेको विभागकी निर्देशक दुरपदा सापकोटाले बताइन् । ...

‘दुई महिनापछि भरतपुरबाटै लाइसेन्स वितरण’

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले दुई महिनाभित्र भरतपुरबाट नयाँ सवारीचालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण हुने बताउनुभएको छ । यातायात व्यवस्था कार्यालय भरतपुरमा नवनिर्मित भवनको बुधबार अनुगमनपछि प्रमुख दाहालले भन्नुभयो, “दुई महिनाभित्र सवारी परीक्षणसहितको नयाँ लाइसेन्स यहीँबाट वितरण हुनेछ ।” उहाँले चार वर्षअघिदेखि भरतपुरमा सबै सुविधासहितको यातायात कार्यालय ल्याउने कार्यको थालनी गरेको स्मरण गर्नुभयो । उहाँले चितवनबाट लाइसेन्स वितरणपछि चितवनवासी र छिमेकी जिल्लाका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको केन्द्र भागमा भरतपुर रहेकाले धेरैले सेवा लिनुहुनेछ । यहाँको आर्थिक क्रियाकलाप पनि वृद्धि भएर जानेछ, चितवनवासीका लागि गर्वको विषय हो ।” कार्यालयको सेवा सञ्चालनका लागि आवश्यक अस्थायी संरचना निर्माण गर्न महानग

चिकित्सक लाइसेन्स परीक्षा माघ १२ देखि १४ सम्म

काठमाडौं: नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको आगामी माघ १२ देखि १४ गतेसम्म हुने भएको छ। काउन्सिलले आगामी आगामी माघ १२ देखि १४ माघसम्म हुने परीक्षामा सहभागी हुन चाहनेले आगामी २७ मंसिरदेखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन्। यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्ने काउन्सिलले जनाएको छ।काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधिभर चौविसै घण्टा सेवा लिन सकिनेसमेत सूचनामा उल्लेख गरेको छ।काउन्सिलले हरेक वर्षको

अनलाइन टोकन प्रणाली शुरू

चितवन । चितवनमा कोरोना संक्रमणदर बढ्दै गएपछि यातायात व्यवस्था सेवा कार्यालय चितवनमा अनलाइन टोकन प्रणाली शुरू गरिएको छ । कार्यालयले सेवालाई सहज र बढी भीडभाड हुन नदिन अनलाइन टोकन लागू गरेको हो । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा सवारी नवीकरणका लागि अनलाइन टोकन शुरू गरिएको हो । कार्यालयमा लाइसेन्सका लागि यसअघि नै अनलाइन टोकन शुरू गरिएको थियो । अहिले कोभिड संक्रमणको जोखिम बढेसँगै सवारी नवीकरणमा पनि अनलाइन टोकन शुरू गरिएको कार्यालय प्रमुख विनोद पौडेलले जानकारी दिए । एक घण्टामा ३० ओटा सवारी र १३ ओटा लाइसेन्स नवीकरण गर्ने गरी अनलाइन टोकन शुरू गरिएको उनले जानकारी दिए । ‘कोभिड बढेकाले एकपटकमा २५ जनाभन्दा बढी भीडभाड नहुने गरी सेवा प्रवाह गर्ने स्थानीय प्रशासनको आदेशपछि अनलाइन टोकन शुरू गरेका हौं,’ उनले भने । भीडको कारणले सेवा अवरुद्ध गर्न नपरोस् भनेर टोकन अनिवार्य गरिएको छ । कोभिडका कारण कार्यालय बन्द हुन नदिन भीडभाड कम गरेर सेवा प्रवाहको योजना रहेको उनले बताए । सेवाग्राहीले कार्यालयको वेबसाइटमा गएर सजिलै अनलाइन टोकन लिन सक्नेछन् । कार्यालयको प्रणालीले एक घण्टामा १५ जनालाई सेवा दिने गरी समय व्यवस्थापन गर्छ । सोही समयमा अनुसार कार्यालय गएर सेवा लिन सक्नेछन् । अनलाइन टोकन लिएर आएपछि मात्रै सेवा दिने गरी व्यवस्थापन भइरहेको बताइएको छ । कार्यालयले मङ्सिर १२ गतेबाट लाइसेन्स नवीकरण सेवा शुरू गरेको थियो । कार्यालयमा अहिले दैनिक ६० भन्दा बढी लाइसेन्स नवीकरण सेवाबारे परामर्श लिन आउने गरेका छन् । तीमध्ये दैनिक ४० भन्दा बढीले नवीकरण सेवा लिने गरेका छन् । कार्यालयले अहिलेसम्म ६०० भन्दा बढी लाइसेन्स नवीकरण गरिसकेको छ । कार्यालयले पेपरकार्ड र स्मार्ट दुवै लाइसेन्स नवीकरणको सेवा दिइरहेको छ । रासस

यातायात व्यवस्था सेवा कार्यालय : साउनमा साढे ७ करोड राजस्व संकलन

चितवन । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महीना (साउन)मा यातायात व्यवस्था सेवा कार्यालय, चितवनले साढे ७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार सवारीसाधन कर शीर्षकमा सबैभन्दा बढी राजस्व संकलन भएको भने चालक अनुमतिपत्र कर सबैभन्दा कम संकलन गरेको छ । सवारीसाधन कर शीर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयाँ, चालक अनुमति नवीकरण र सवारी दस्तुर किताब गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन गरेको हो । यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयाँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउनमा कुनै रकम असुली भएको छैन । कार्यालय प्रमुख सुवास उप्रेतीले साउनमा निषेधाज्ञाका बीच कार्यालय नियमित खुलेकोले अपेक्षित रूपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा ६५ करोडभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिइएको उनको भनाइ छ । यसैबीच, चितवनको भरतपुरबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नवीकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पूर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुआती निर्णय गरेका हुन् । अनुमतिपत्र निर्णय गरिए पनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भए पनि सेवा भने शुरू भइनसकेको बताए । ‘निर्णय चाहिँ भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका विषय टुंगिन बाँकी नै छ,’ उप्रेतीले भने । निषेधाज्ञाका र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ई–टोकन प्रणाली लागू गरेको छ । ई–टोकन एमओडट बागमतीडट जीओभी डट एनपीमा गएर सेवा लिन सकिनेछ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणाली शुरू गरिएको बताए । उनका अनुसार अनलाइनबाट सेवाग्राहीले आफू अनुकूल मिति र समयमा सेवा लिन सक्नेछन् । ‘यो प्रणालीले भीड व्यवस्थापन, कोरोना जोखिम न्यूनीकरण र समयको सदुपयोग पनि हुन्छ,’ उनले भने । हाल यस कार्यालयमा दैनिक ५०० भन्दा बढीले सेवा लिँदै आएका छन् ।

यातायात व्यवस्था सेवा कार्यालय चितवनको साउन महीनाको आम्दानी साढे ७ करोड

भदौ १०, चितवन । यातायात व्यवस्था सेवा कार्यालय चितवनले चालू आवको साउन महीना ७ करोड रुपैयाँ संकलन गरेको छ ।   कार्यालयले सबैभन्दा बढी सवारीसाधन कर शिर्षकमा राजस्व संकलन गरेको छ भने सबैभन्दा कम चालक अनुमति पत्रबाट कर संकलन गरेको छ । जसअनुसार सवारीसाधन कर शिर्षकमा ६ करोड ४२ लाख ३३ हजार १५० रुपैयांँ र चालक अनुमति नवीकरण र सवारी दस्तुर किताव गरी ३५ लाख ४२ हजार ९४० रुपैयाँ संकलन भएको छ ।  यस्तै कार्यालयले यातायात क्षेत्रको आम्दानीबाट ७० लाख १९ हजार ८४० रुपैयांँ संकलन गरेको छ । प्रशासनिक दण्ड जरीवानाबाट भने साउन महीनामा कुनै रकम असुल भएको छैन ।  कार्यालय प्रमुख सुवास उप्रेतीले साउन महीनामा निषेधाज्ञाका बीच कार्यालय  नियमित खुलेकोले अपेक्षित रुपमा कर संकलन गर्न सकिएको बताए । यो वर्ष नियमित कार्यालय खुल्न पाएमा  ६५ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने लक्ष्य लिएको उनको भनाइ छ ।    चालक अनुमति पत्र नविकरण गर्ने तयारी    अब चितवनको भरतपुरबाटनै सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नविकरण गरिने भएको छ । अघिल्लो साता मात्र नियुक्त भएका बाग्मती प्रदेशका भौतिक पुर्वाधार निर्माण तथा यातायात मन्त्री केशवराज पाण्डेले चितवनलाई पहिलो प्राथमिकतामा राख्दै आफ्नो कार्यको शुरुवाती निर्णय गरेका हुन् । अनुमतिपत्र नविकरण गर्ने निर्णय भएपनि विभागबाट हालसम्म अनुमति प्राप्त भएको छैन । कार्यालयका प्रमुख उप्रेतीले निर्णय भएपनि सेवा भने शुरु भइनसकेको बताए । ‘निर्णय चाहीं भयो, तर जनशक्ति व्यवस्थापन र अन्य प्राविधिक पक्षका कुराहरु पनि बाँकी नै छ’, उप्रेतीले भने ।  निषेधाज्ञाका  र सेवाग्राहीको चापका कारण कार्यालयमा भीड बढेपछि कार्यालयले ईटोकन प्रणाली लागू गरेको छ । कार्यालय प्रमुख उप्रेतीले भीडभाड व्यवस्थापन गर्न यो प्रणालीलाई भेटघाट व्यवस्थापन प्रणाली नामकरण गरिएको बताए । उनका अनुसार अनलाईनबाट सेवाग्राहीले आफू अनुकुलको मिति र समय लिन सक्ने छन् । र सोही समयमा गएर उनीहरुले सेवा लिन सक्नेछन । ‘यो प्रणालीले भीड व्यवस्थापन पनि हुन्छ, कोरोना जोखिम न्यूनिकरण पनि हुन्छ । समयको सदुपयोग पनि हुन्छ’ उप्रेतीले भने ।