प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा भएको सामुहिक बलात्कारको मुद्दा सोमबार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा बुझाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले करिब तीन महिनाको अनुसन्धानपछि सोमबार उक्त मुद्दा काठमाडौं सरकारी वकिल कार्यालयमा बुझाएको काठमाडौं प्रहरी प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए। प्रहरीले घटनामा संलग्न मुख्य आरोपी शैलेश कार्कीसहित ४ जनालाई प्रतिवादी बनाएर मुद्दा बुझाएको हो। मुख्य…