आज महाकाली र कन्काईमा बहाव उल्लेख्य बढ्ने ,सतर्कता अपनाउन आग्रह

काठमाडौँ । देशका केही नदीहरूमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज पारिगाउँस्थित महाकाली र मैनाचुलीस्थित कन्काई नदीमा बहाव उल्लेख्य बढ्नेछ । आज इलाम, झापा, मोरङ, धनकुटा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, म्याग्दी, पर्वत, बागलुङ, बर्दिया, कैलाली, कञ्चनपुर र आसपास भई बहने केही […]

सम्बन्धित सामग्री

देशका धेरैजसो नदीमा आजदेखि पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । तिनाउ नदी, बाणगंगा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह  पार गर्न सक्ने अनुमान रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ । भोलि १९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बर्दियामा बाढीको उच्च जोखिम, दिउँसोसम्म नै सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - बर्दियामा बाढीको उच्च जोखिम रहेकाले दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो । यस्तै, आज कन्काई, नारायणी, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्ने भएकाले यी नदी आसपासका क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, र...

महाकाली नदीमा जलस्तर बढ्नसक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ । आज बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म भारतस्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लसिङको कार्य हुने भएको छ । उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने जानकारी भारतीय पक्षले गराएको छ । जसलेगर्दा महाकाली नदीमा पानीको बहाव बढ्ने सम्भावना […]

नारायणी, महाकाली लगायतका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – नेपाल बाढी पूर्वानुमान शाखाले देशभर भइरहेकाे निरन्तरकाे वर्षाका कारण विभिन्न नदीमा पानीकाे बहाव बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरेकाे छ ।  भदौ १० गते रातिदेखि भदौ ११ गतेसम्म नारायणी नदी र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सर्तकता आसपास पुग्न सक्ने बाढी पूर्वानुमान शाखाले जनाएकाे छ । यस्तै कोसी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पानीकाे बहाव बढ्ने भएकाे हुँदा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ ।  साथै भारी वर्षाका कारण मझौला नदीहरूमा पनि पानीकाे बहाव ...

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महेन्द्रनगर।महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।गएराति पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो।यो यस वर्षकै उच्च बहाव हो।महाकालीको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी विस्थापित भएका छन्।स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ।

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महेन्द्रनगर।महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ।गएराति पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो।यो यस वर्षकै उच्च बहाव हो।महाकालीको बाढीका कारण भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीयवासी विस्थापित भएका छन्।स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ।

महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतह बढ्यो : दिउँसोसम्म सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - महाकाली नदीको पारीगाउँ केन्द्रमा जलसतहले खतराको तह पार गरेको छ । नदीमा पानीको बहाव बढ्दै गएको र थप पानी पर्ने सम्भावना रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ। डडेल्धुराका तटीय क्षेत्रहरुमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको हो । यस्तै सुनकोशी नदीमा पनि नदीको बहाव बढेको छ । दोलालघाटलगायत नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले चेतावनी जारी गरेको छ ।

महाकाली नदीमा पानीको बहाव बढ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

कञ्चनपुर : कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेको छ। शनिबार बिहान १० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ७४ हजार २३३ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रका सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नदी तटीय क्षेत्रमा प्रहरीको युनिटलाई सर्तक अवस्थमा राखिएको छ।‘बाढीले प्रभावित गर्न सक्ने क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा लागेका छौं,’ उनले भने, &lsq

महाकाली नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन  आग्रह

केही दिनदेखि लगातारको वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।  बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव

महाकालीमा पानीको बहाव बढेपछि डडेल्धुरासहित आसपासमा सतर्कता अपनाउन आग्रह

काठमाण्डाै - महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ । रंघुन-पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । अहिले नै नदीमा पानीको बहाव खतराको तहभन्दा माथि गएको र अझै ६ घण्टासम्म निरन्तर पानी पर्न सक्ने सूचनामा उल्लेख छ । आज दिउँसोसम्म नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । भ...