महाकाली नदीमा बहाव बढ्यो, सतर्कता अपनाउन  आग्रह

केही दिनदेखि लगातारको वर्षाले महाकाली नदी र अन्य खोलामा पानीको बहाव बढेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ । दार्चुलादेखि बैतडी हुँदै डडेल्धुरा–कञ्चनपुर बग्ने महाकाली नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेका हुन् ।  बैतडी, दार्चुला र कञ्चनपुरका जिल्ला प्रशासन कार्यालयले महाकाली नदी आसपासका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ । महाकालीमा पानीले खतरा सतह पार गरेकाले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव

सम्बन्धित सामग्री

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकालीमा बाढीको चेतावनी

भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको छ । भारत स्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिंग (Silt Flushing) को कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।महाकाली जलाधारका केही स्थानमा आज राती भारी बर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र Silt Flushing गर्दा एक्सासी बहाव बढ्न सक्ने, तटिय क्षेत्रमा भोलि विहान ५ बजे देखि सतर्कता अपनाउन आग्रह गरिएको छ।जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचनामा भनिएको छ 'भारत स्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा मिति २०७९ । ०३ । १६ गते विहान ५:०० बजे देखि २०७९।०३।१६ बेलुकी ८:०० बजे सम्म (तद्नुसार दिनांक 30.06.2022 विहान 5:00 बजे देखि दिनांक 30.06.2022 बेलुकी 8:00 बजे सम्म) सिल्ट फ्लशिंग (Silt Flushing) को कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०७९।०३।१६ गते विहान ५:०० बजे देखि बेलुकी ८:०० बजे सम्म र तत्पश्चात समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने संभावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका वासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

वर्षाले ठूला नदी उर्लिए, पाकेको बाली नाश हुँदा किसान मारमा

काठमाडौं, २ कात्तिक । बेमौसमी भारी वर्षाले देशका ठूला नदी उर्लिएका छन् । बाढीले ठूलो क्षति पुर्याएको छ । महाकाली नदी उर्लिएको छ । कर्णाली नदीले सतर्कता तह पार गरेको छ । नेपाल बाढी सूचनाले जुम्लास्थित तिला नदी सेरीघाटले सतर्कता तह पार गरेको जनाएको छ । खुटीया खोला, डोटीस्थित सेती नदी, गण्डकी, रंगुन नदीमा बहाव […]