काठमाण्डाै - बर्दियामा बाढीको उच्च जोखिम रहेकाले दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
बबई नदीमा जलसतह खतरा नजिक रहेकाले तटीय क्षेत्रमा दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।
यस्तै, आज कन्काई, नारायणी, पश्चिम राप्ती, महाकाली र यसका सहायक नदीहरुमा बहाव उल्लेख बढ्ने भएकाले यी नदी आसपासका क्षेत्रमा पनि सचेत रहन आग्रह गरिएको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज झापा, मोरङ, सुनसरी, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, रसुवा, तनहुँ, स्याङ्जा, पर्वत, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, पाल्पा, र...