कञ्चनपुर : कञ्चनपुरमा महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेको छ। शनिबार बिहान १० बजे गरिएको मापनअनुसार पानीको बहाव एक लाख ७४ हजार २३३ क्युसेक पुगेको छ। नदीमा पानीको बहाव बढ्न थालेपछि तटीय क्षेत्रका सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार नदी तटीय क्षेत्रमा प्रहरीको युनिटलाई सर्तक अवस्थमा राखिएको छ।‘बाढीले प्रभावित गर्न सक्ने क्षेत्रका बासिन्दालाई सचेत पार्ने कार्यमा लागेका छौं,’ उनले भने, &lsq