काठमाण्डाै - महाकाली नदीमा पानीको बहाव बढेपछि डडेल्धुरा र आसपासमा बाढी आउनसक्ने भन्दै चेतावनी जारी भएको छ ।
रंघुन-पन्तुरागाड नदी जलाधारमा ठूलो पानी परेको र अझै पर्ने भएकाले रंघुनको महाकाली दोभानसम्मको क्षेत्रमा आज दिउँसोसम्म सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ ।
अहिले नै नदीमा पानीको बहाव खतराको तहभन्दा माथि गएको र अझै ६ घण्टासम्म निरन्तर पानी पर्न सक्ने सूचनामा उल्लेख छ । आज दिउँसोसम्म नदी किनार तथा आसपासका क्षेत्रमा सतर्कता अपनाउन शाखाले अनुरोध गरेको छ । भ...