काठमाण्डौ – आजदेखि देशका धेरैजसो नदीमा पानीको बहाव बढ्ने अनुमान गरिएको छ । तिनाउ नदी, बाणगंगा र यसका सहायक नदीहरूमा बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने अनुमान रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाको आग्रह छ ।
भोलि १९ गतेदेखि २२ गते शनिवारसम्म पश्चिम सेती, महाकाली र यसका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने तथा सतर्कता तह आसपास पुग्न सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।