प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पूर्वाधार अभावले गर्दा संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप गर्न नसकिएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइमा मंगलवार वरिष्ठ अधिवक्ता शम्भु थापाले संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्नबारे भएको बहसको स्मरण गरेका थिए ।
प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने बहसको क्रममा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले संवैधानिक इजलासमै न्यायाधीशको संख्या थप गर्न सकिने तर्क गरेका थिए । वरिष्ठ अधिवक्ता था...