पूर्व न्यायाधीश फोरमले भन्योः प्रधानन्यायाधीश जबराको भूमिकामाथि शंका उत्पन्न भयो

काठमाडौँ- पूर्व न्यायाधीश फोरमले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको भूमिकामाथि शंका उत्पन्न भएको जनाएको छ। न्यायाधीश फोरमले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबराको भूमिकाले अदालतको विश्वसनीयता घटाएको बताएको हो। विज्ञप्तिमा भनिएको छ, ‘संवैधानिक  प्रावधानभन्दा माथि रहेको प्राकृतिक न्यायको सिद्धान्तको परिपालना गर्नुको सट्टा प्रधानन्यायाधीश विपक्षी बनाइएको मुद्दामा आफै न्यायकर्ता हुने गरी संवैधानिक इजलासमा प्रधानन्यायाधीश आफै सामेल हुने […]