संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश रहने/नरहनेबारे गम्भीर छलफल आवश्यकः न्यायाधीश राउत

काठमाडौँ – सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश हुनुपर्ने/नपर्नेबारे गम्भीर विचार विमर्श हुन आवश्यक रहेको बताएका छन्। बिहीबार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक परिषद्‌मा प्रधानन्यायाधीश भएपछि मुद्दा हेर्न मिल्ने कि नमिल्ने? भन्ने प्रश्न उठेको बताए। उनले प्रधानन्यायाधीश संवैधानिक परिषद्‌मा हुँदा निष्पक्ष न्याय सम्पादन हुन […]