काठमाण्डाै - सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार एसाेसिएशनको आग्रह विपरीत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज आफ्नो लागि इजलास तोक्नुभएको छ ।
तिहार बिदापछि अदालत खुलेको पहिलो दिन उहाँले आफूसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोक्नुभएको हो ।
बन्दी प्रत्यक्षीकरणको मुद्दाको लागि उहाँले आफू र अरु न्यायाधीशका लागि इजलास तोक्नुभएको छ । तर न्यायाधीशहरुले जबरा इजलासमा बस्न नहुने र आफूहरुले पनि बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्रै हेर्ने सर्त राखेका थिए ।
प्रधानन्यायाधीश जबरा इजलासमा बसे आफूहरुले बन्दी प्र...