काठमाण्डाै - देशका धेरै ठाउँमा आज पनि बिहानै घाम चर्किएको छ । एक/दुई दिन अझै घाम चर्किने अनुमान रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् रोजर लामिछानेका अनुसार तत्काल पानी पर्ने सम्भावना छैन । प्रि-मनसुुनको समय भएकाले पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मौसम आंशिक बदली हुने अनुमान भए पनि पानी नपर्ने उहाँले बताउनुभयो ।
मौसमविद् लामिछानेका अनुसार तत्काल पानी पार्ने प्रणाली सक्रिय छैन । यसले गर्दा तापक्रम बढ्ने अनुमान छ । पानी पर्न रोकिएसँगै काठमाण्डौसहित धेरै ठाउँको अधिकतम तापक्रम बढ्न थालेको छ । हिजो काठमाण्डौको अ...