काठमाण्डाै - पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज काठमाण्डौसहित पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद् मञ्जु बासीकाअनुसार आज पहाडी क्षेत्रका धेरैजसो ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली हुनेछ भने केही ठाउँमा पानी पर्ने छ । विशेषगरी प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित दिउँसो पछि हल्कादेखि सामान्य पानी पर्ने अनुमान गरिएको छ ।
काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रको मौसम बिहानैदेखि आंशिकदेखि सामान्य बद्ली छ ...