आउँदो मङ्गलवारदेखि देशभर ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ – आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  अहिले दक्षिणतर्फ राेकिएर रहेको मनसुनी रेखा उत्तरतर्फ सर्ने भएकाले आउँदो मङ्गलवार रातिदेखि देशभर ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले बताउनुभयो ।  मङ्गलवार रातिदेखि तीन/चार दिनसम्म लगातार झरी पर्ने र केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । आउने मङ्गलवारदेखि केही दिन सकेसम्म यात्रा नगर्न पनि मौसमविद्ले सल्लाह दिएका छन् ।  पानी नपर्दा  केही दिनदेखि देशभर गर्मी बढेको ...

सम्बन्धित सामग्री

आज प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा हल्का पानी पर्ने सम्भावना

काठमाण्डाै - आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको हो। राति प्रदेश-१ र गण्डकी प्रदेशका पहाडी भेगहरुमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । केही दिनदेखि देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो महसुस भएको बताएको छ । अहिले ...

दशैँकाे नवमीदेखि मनसुन सक्रिय हुने, देशभर पानी पर्ने सम्भावना !

काठमाण्डाै – यसपालिको दशैँमा पनि पानी पर्ने सम्भावना रहेको छ । त्रिभुवन विश्वविद्यालय अन्तर्गत जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एवम् मौसम अनुसन्धानकर्ता विनोद पोखरेलले दशैँको नवमीदेखि मनसुन सक्रिय हुने बताउनुभएको हो । नवमीको दिनदेखि मनसुन सक्रिय भएर देशभर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।यसैबीच भोलि बुधवारदेखि केही दिन मौसम सफा हुने छ । अबको केही दिन देशभर ठूलो पानी पर्ने वा झरी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा स...

आज देशभर वर्षा, चार प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर नै झरी परिरहेको छ । गएरातिदेखि नै देशका धेरै ठाउँमा पानी परेको छ । आज दिनभरि नै पानी पर्ने सम्भावना रहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ  । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि ठूलो  पानी पर्ने छ । आज राति पनि गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसम...

देशभर बदली, यी क्षेत्रमा छ पानी पर्ने सम्भावना

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभावका कारण देशभर बदली भएको मौसमविद्ले बताएका छन्। हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी र प्रदेश १ मा आंशिकदेखि सामान्यतया बदली रही बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहेको छ। तराईका भूभागका केही […]

सोमबारसम्मै देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – अझै केही दिन मनसुन सक्रिय रहने भएकोले देशभर पानी पर्ने मौसमविद्ले बताएका छन् । अहिले तराई  नजिक रहेको मनसुन न्यून चापीय रेखा अझै केही दिन रहने भएकोले आउँदो सोमबारसम्म पानी पर्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।केही ठाउँमा दिउँसोपख केहीबेर घाम लागे पनि देशका धेरैजसो ठाउँमा बादल लागेर सामान्यदेखि मध्ययम खालको वर्षा हुने र केही ठाउँमा ठूलो वर्षाको पनि सम्भावना रहेको उहाँले बताउनुभयो । सामान्यतया न्यून चापीय रेखा नेपालको तराई क्षेत्र नजिक आउँदा केही दिनमै भारततर्फ...

आज प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज प्रदेश-१, वाग्मती र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य क्षेत्रमा भने हल्कादेखि सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । नेपालमा अहिले मनसुनी प्रणाली केही कमजोर बनेको छ । यसले गर्दा आज र भोलि धेरै ठूलो वर्षाको सम्भावना छैन । आज राति पनि देशभर सामान्यदेखि पूर्ण बद्ली रही केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने मौसमविद्ले बताएका छन् । राति सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान छ । मौसमविद्ले पहाडी &...

मनसुन सक्रिय : आज देशभर पानी पर्ने सम्भावना, यी नदीमा पानीको बहाव बढ्ने

काठमाडौँ । मनसुन सक्रिय रहेका कारण आज देशभर पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज बिहान प्रदेश २ र वाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ । प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा […]

आज प्रदेश-१ र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाण्डाै - आज देशका धेरैजसो ठाउँमा बद्ली भएर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको छ । देशभर नै मनसुनी वायुको प्रभाव रहेको र त्यसैको प्रभावले मौसम बद्ली हुने मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । प्रदेश-१ र गण्डकी प्रदेशका केही ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकामा पनि मौसम बद्ली भएर सामान्य पानी पर्ने सम्भावना रहेको मौसमविद् अर्यालले जानकारी दिनुभयो । पर्सि बुधवारदेखि भने मनसुनी न्यूनचापीय रेखा नजिक आएर मनसुन थप सक्रिय भइ देश...

देशभर हावाहुरीसहित, चट्याङ र पानी पर्ने सम्भावना

न्युज अफ नेपाल ,काठमाडौं । आज शुक्रबार काठमाडौं उपत्यकासहित देशभर हावाहुरी, चट्याङ र असिनासहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज हावाहुरी आउने, चट्याङ र असिना पर्नुका साथै प्रिमनसुन लागेयताकै ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । विशेषगरी आज पश्चिमी क्षेत्रमा हावाहुरी, चट्याङ र असिनासहितको वर्षा हुने […]