आज पनि बिहानैदेखि चर्को घाम, पानी नपर्दा गर्मी बढ्यो

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित देशभर गर्मी बढेको छ । पानी नपर्दा गर्मी बढेको हो । अझै एक/दुई दिन पानी पर्ने सम्भावना नरहेकाले गर्मी अझै बढ्न सक्ने मौसमविद्ले बताएका छन् । काठमाण्डौसहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्केको छ । दिउँसोको समयमा हिजोको जस्तै अझै गर्मी बढ्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो । हिजो काठमाण्डौको अधिकतम तापक्रम ३० दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, धनगढीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियस, भैरहवा, नेपालगञ्ज र दीपायलको अधिकतम तापक्रम ३४ दशमल...

सम्बन्धित सामग्री

मनसुन ‘ब्रेक’ हुँदा गर्मी बढ्यो, बिहानै चर्को घाम

काठमाण्डाै - मनसुन ‘ब्रेक’ हुँदा देशभर अधिकतम र न्यूनतम तापक्रम बढेको छ । यसले गर्दा देशभर नै गर्मी बढेको छ । आज पनि बिहानै घाम चर्किएको छ। मौसमविद्का अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान गरिए पनि ठूलो वर्षा र झरी पर्ने सम्भावना छैन। मनसुनको न्यून चापीय रेखा औसतभन्दा बढी दक्षिण क्षेत्र अर्थात भारततर्फ सरेका कारण मनसुन ब्रेक भएको मौसमविद् विनु महर्जनले जानकारी दिनुभयो। उहाँका अनुसार यस्तो बेला खासै पानी पर्दैन । पानी नपर्दा तापक्रम बढेको छ। पछिल्लो २४ घण्टामा धनगढ...