काठमाडौं, असार ३० । सरकार हाँक्ने राजनीतिक दल र कर्मचारीमा वित्तीय अनुशासन नहुँदा बेरुजुको ग्राफ पाँच वर्षमै दोब्बर भएको छ। सरकार आफैंले बनाएका ऐननियमविपरीत बजेट खर्च गर्ने तर महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फस्र्योटमा लापरबाही गर्ने प्रवृत्तिले वार्षिक रूपमा बेरुजुको आँकडा बढ्दै गएको हो। महालेखाका अनुसार पछिल्ला पाँच वर्षमा बेरुजु रकम दोब्बरभन्दा धेरैले बढेको छ। […]