महालेखा परीक्षकको कार्यालयले औंल्याएका कमीकमजोरी र त्रुटि सरकारले नसच्याउँदा बेरुजु रकम बढ्दै गएको छ । पछिल्लो पाँच वर्षमा मात्रै साढे दुई गुणाभन्दा बढीले बेरुजु रकम बढेको महालेखा परीक्षकको कार्यालयको तथ्यांकमा उल्लेख छ ।प्रत्येक वर्ष महालेखा परीक्षकको कार्यालयबाट गल्ती कमजोरी औंल्याइए पनि सरकारले त्यसलाई सुधार गर्न चासो नदिँदा तथा सुधार्न नसक्दा समग्र बेरुजुको मात्रा बढ्न गई […]