साफ प्रतियोगिताको फाइनलमा नेपाल बलियो देखिन्छ कि भारत ? कसको हतियार के ?

फाइनलमा जे पनि हुनसक्छ।फाइनलसम्म पुगेको टोली कमजोर हुने कुरै भएन। यसपाली माल्दिभ्स पुगेको नेपाली टोली त कमजोर हुँदै नभएको प्रमाणित नै भइसकेको छ।भारतले विस्तारै शुरुआत गरे पनि फाइनल सम्मको यात्रा तय गर्दा उसको खेल झन् परिष्कृत बनेको छ र उपाधिको बलियो दाबेदारका रूपमा उभिइसकेको छ।शनिवार हुने फाइनल भारतको दक्षिण एसियाली फुटबलमा राज गर्ने दौडको निरन्तरता विरुद्ध साफ च्याम्पियनसिपमा नयाँ विजेताका रूपमा उदाउने उत्कट चाहनामा रहेको नेपालबीचको घमासान प्रतिस्पर्धा हुनेछ।नेपालको हकमा भन्ने हो भने यो नेपाली फुटबलको निकै नै महत्त्वपूर्ण क्षणमध्येको एक हुनेछ।जितले नेपाललाई दक्षिण एसियाली फुटबलको नयाँ विजेताको उपमा दिलाउनेछ भने नेपाली फुटबलको स्तरवृद्धिको प्रमाणपत्र पनि। व्यग्र प्रतीक्षा गरिएको सो खेल शनिवार राती माल्दिभ्सको राष्ट्रिय रंगशालामा हुनेछ।इतिहासनिश्चित रूपमा नेपाली फुटबलको दाँजोमा भारतीय फुटबल हरेक दृष्टिकोणबाट समृद्ध छ। त्यहाँ भारतीय फुटबल खेलाडीहरूको प्रसिद्ध फुटबल प्रतियोगिता आइपीएल चल्छ, जुन धेरै दर्शकले हेर्ने विश्वको चर्चित फुटबल प्रतियोगितामध्येको एकमा पर्छ।उनीहरू सार्क क्षेत्रभन्दा माथि उड्ने अभियानमा लगातार मेहनत गरिरहेका छन्। साफ च्याम्पियनसिप त भारतले सातपटक जितिसक्यो ।नेपाल त इतिहासमै पहिलोपटक फाइनलमा पुगेको हो। नत्र टोली सेमिफाइनलसम्म पुगेर रोकिँदै आएको थियो। तर दुई टोलीको वर्तमान अवस्था भने विल्कुलै फरक देखिएको छ।एकातिर भारतलाई माल्दिभ्समा आफ्नो शैलीमा आउन निकै समय लाग्यो। नेपालले भने पहिलो दिन देखिनै प्रभाव जमाउँदै आएको छ। फेरि नेपाल र भारतबीचको फुटबल भिडन्तमा भारतलाई कहिल्यै पनि सजिलो भएको छैन।भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीको भनाइ सापटी लिने हो भने उनले भनेका छन् - 'जहाँ र जुनसुकै परिस्थितिमा पनि भारतको लागि नेपाल कहिले पनि सजिलो प्रतिस्पर्धी होइन।'नेपाल भारतको पछिल्लो ताजा भेटकै उदाहरण लिउँ।गत महिना नेपालमा खेलिएका दुई मैत्रीपूर्ण खेलमा पहिलो १-१ गोलको बराबरीमा टुङ्गियो भने दोस्रो २-१ को संघर्षपूर्ण खेलमा नेपाल पराजित भयो। साफ च्याम्पियनसिपको लिग चरणमा भएको भेटमा पनि भारतले अन्तिम समयमा १ गोल गरेर नेपाललाई हराएको हो।हतियारयी सबै खेलमा नेपाललाई पराजित गर्दा भारतीय कप्तान क्षेत्रीले नै गोल गरेका हुन्। निसन्देह क्षेत्री नेपाल विरुद्धको सबैभन्दा बलियो हतियार हुन्।जारी प्रतियोगितामा उनले ४ गोल गरिसकेका छन् र प्रतियोगिताको उच्च गोलकर्ता र उत्कृष्ट खेलाडीको दाबेदारीमा अग्रपंक्तिमा छन्।ठीक विपरीत नेपालसँग चुस्त मिडफिल्डर अञ्जन विष्ट हुने छैनन्। दुई पहेँलो कार्ड पाएका कारण उनले महत्त्वपूर्ण फाइनल खेल्नबाट वञ्चित भएका छन्।नेपालसँग के छ त? जबाफ नेपाली प्रशिक्षक अब्दुल्ला अल मुताइरीको रणनीतिमा हुनेछ।माल्दिभ्समा रहेका खेल पत्रकार हिमेशरत्न बज्राचार्य भन्छन् - 'अञ्जन नहुँदा टोलीमा फरक पर्ने निश्चित छ। तर प्रशिक्षकले हरेक खेलमा फरक फरक रणनीति अपनाएकोले टोली उनमा मात्र निर्भर भने हुनेछैन।'हुनपनि जारी प्रतियोगितामा नेपालले हरेक खेलमा फरक शैली अपनाएको छ। र फरक फरक खेलमा फरक खेलाडीहरू चम्किएका छन्। जस्तै माल्दिभ्स विरुद्धको खेलमा मनिष डाँगी, श्रीलंका विरुद्ध आयुष घलान, अनि सुमन लामा।फेरि किरण चेम्जोङ, रोहित चन्द नेतृत्वको नेपाली रक्षापंक्ति बलियो छ। त्यो त नेपालको मुख्य रक्षा हतियार हो। त्यसो त भारतले दुई पहेँलो कार्ड खाएका रक्षापंक्तिका सुभासिस घोष र चोटका कारण अग्रपंक्तिका फारुख चौधरीलाई पनि फाइनलमा गुमाइसकेको छ।प्रशिक्षक भिडन्तसाफ च्याम्पियनसिपको पहिलो चरणमा भारत र नेपालका प्रशिक्षकबीचको जुहारी त माल्दिभ्समा चर्चा चलेको विषय मध्येको एक हो। सुनिल क्षेत्रीले नेपाल विरुद्ध गोल गरेपछि भारतका क्रोयसियाली प्रशिक्षक इगोरले टच लाइनमा हात उचारेर सेलिब्रेसन गरे।त्यो दुरुस्त त्यही शैलीको खुशियाली थियो, जुन अल मुताइरीले श्रीलंका विरुद्ध नेपालले गोल गर्दा गरेका थिए। खेलपछिको पत्रकार सम्मेलनमा अल मुताइरीले आफूलाई गिज्याएको भन्दै इगोरको जमेर आलोचना गरे। खेलको विश्लेषणभन्दा यिनीहरूको जुहारी समाचारको विषय बन्यो।जबाफमा इगोरले भनेका थिए - 'अवमूल्यन त अल मुताइरीले आफ्नै खेलाडीलाई गरेका हुन्। आफ्नो खेलाडीले एक प्रतिशत मात्र जित्छ भनेर खेलाडीको आत्मबल घटाउने प्रशिक्षक को?'रोचक कुरा के हो भने फाइनलमा भारतीय प्रशिक्षक इगोर हुनेछैनन्। माल्दिभ्ससँगको खेलमा रेफ्रीको निर्णयमा बारम्बार असन्तुष्टि जनाएपछि उनले पनि दोहोरो पहेँलो कार्ड सहित रातो कार्ड पाएका कारण सेकेन्ड हाफमा मैदान छोड्नु परेको थियो।पक्कै पनि त्यो नेपाली प्रशिक्षक अल मुताइरीको लागि भने केही सहज स्थिति बन्नसक्छ। अर्को जिज्ञासा के हो भने लिगमा नेपालको जित्ने मौका 'एक प्रतिशत मात्र रहेको' भन्ने अल मुताइरीले फाइनल अगाडि भने के भन्लान्।प्रतिस्पर्धीभारत र नेपालबीचको फुटबल भिडन्तमा अधिकांश नतीजा भारतकै पक्षमा गएका छन्। ३६ वर्ष भइसक्यो नेपाल र भारतबीच फुटबल प्रतिस्पर्धा हुन थालेको। यस अवधिमा यी दुई टोलीबीच २० खेलमा आमने सामने प्रतिस्पर्धा भइसक्यो ।जसमा ३ खेलमा मात्र नेपालले जित हात पारेको छ। नेपालले पाएका ती जितमा एउटा साफ च्याम्पियनसिप पनि हो। जुन नेपालमा सन् २०१३ मा भएको थियो।स्ट्राइकर अनिल गुरुङ र जुमानु राईले २ गोल गरेपछि नेपाल २-१ ले विजयी भएको थियो। यो खेललाई नेपालको भारत विरुद्धको सबैभन्दा प्रभावशाली जित मानिन्छ।नेपालले भारतलाई पहिलोपटक हराएको भने सन् १९९३ मा ढाकामा भएको दक्षिण एसियाली फुटबल प्रतियोगिता (साग)मा हो। निर्धारित समयमा २-२ को बराबरीपछि टाइब्रेकरमा पराजित गरेर नेपालले भारतलाई हराएन मात्र, सागमा स्वर्ण पदक समेत जितेको थियो।त्यो बेला नेपालको लागि उमेश प्रधान र मणि शाहले गोल गरेका थिए। नेपालले भारतलाई हराएको अर्को अवसर सन् २००६ मा भएको एएफसी च्यालेञ्ज कप फुटबल प्रतियोगितामा हो।नेपाल ३ -० ले विजयी भएको सो खेलमा प्रदिप महर्जनले २ गोल र अर्को गोल बसन्त थापाले गरेका थिए। यद्यपी सो प्रतियोगितामा भारतले प्रमुख खेलाडीहरू समावेश गरेको थिएन।पर्खाइप्रतीक्षा अब शनिवार राती ९ बजेको हुनेछ। माल्दिभ्सको राष्ट्रिय रंगशालामा उपस्थति हुने स्थानीय समर्थकहरूले नेपाली टोलीको समर्थन गर्ने आशा गरिएको छ। माल्दिभ्समा रहेका नेपालीहरूले त शुरु देखिनै देशको पक्षमा समर्थन गर्दै आएका छन्।धेरैको अनुमान छ - भारतीय फुटबलको साख तथा नेपाली युवा खेलाडीहरूको जोश र टिम भावनाबीचको भिडन्त अत्यन्त रोचक हुनेछ। -बिबिसीबाट 

सम्बन्धित सामग्री

मदिराको तालमा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा :  झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्र बस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

झापामा धारिलाे हतियार प्रयाेग गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

झापा- श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका झापा गाउँपालिका-६ चन्द्रबस्तीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। ४० वर्षीय नाइके हास्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ वर्ष‍ीया तालामाई हास्दाको गए राति हत्या गरेका थिए। हत्या गरेलगत्तै फरार भएका नाइकेलाई कचनकवल गाउँपालिका १ को नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले […]

नेपाल–भारत सीमाको दशगजामा कडाइ

बाँके । बाँकेस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा कडाइ गरिएको छ । निर्वाचन नजिकिँदै जाँदा नाकाबाट अवैध हातहतियार भित्रिन सक्ने भन्दै कडाइ गरिएको हो । यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध हतियार भित्रिएर निर्वाचन प्रभावित हुन सक्ने सम्भावना रहेकाले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको संयुक्त सुरक्षा गस्तीसमेत शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले जानकारी दिए । उनले सीमा क्षेत्रमा नेपाल र भारतको अब बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने पनि बताए । बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि पूर्णरूपमा बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ । रासस

नेपाल–भारत सीमाको दशगजामा कडाइ

वैशाख १७, बाँके । बाँकेस्थ्ति नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा कडाइ गरिएको छ । निर्वाचित नजिकिँदै जाँदा नाकाबाट अवैध हातहतियार भित्रिन सक्ने भन्दै कडाइ गरिएको हो । वैशाख ३० गते हुने गइरहेको स्थानीय तहको निर्वाचनमा खुला सीमाका कारण भारतबाट अवैध हतियार भित्रिएर निर्वाचन प्रभावित हुनसक्ने सम्भावना रहेकाले कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । अहिले जमुनाह र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको संयुक्त सुरक्षा गस्तीसमेत शुरू गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । उनले सीमा क्षेत्रमा नेपाल र भारतको तर्फबाट शनिवार बस्ने संयुक्त सुरक्षा अधिकारीहरूको बैठकले नाकाका विषयमा ठोस निर्णय लिने पनि बताए । बैठकले निर्वाचनलाई ध्यानमा राखेर नेपालगञ्जको मुख्य नाका ७२ घण्टाका लागि पूर्णरुपमा बन्द हुनेलगायतका निर्णय हुने बताइएको छ । सीमा क्षेत्रको जमुनाह गेटबाट पश्चिम सुक्खा बन्दरगाह क्षेत्र र सो अगाडि साइगाउँसम्म सुरक्षाकर्मीले संयुक्त गस्तीसमेत गर्नेछन् । जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ । रासस

स्थानीय तह निर्वाचन : साना र लाइसेन्सवाला हतियारको चुनौती कति ?

स्थानीय तह निर्वाचनमा दुई प्रकारका हतियार निगरानी र व्यवस्थापनको चुनौती सुरक्षा निकायसँग छ । पहिलो, नेपाल–भारत सीमाबाट अवैध रूपमा भित्रिने साना हतियार र अर्को, जिल्ला प्रशासनको स्वीकृतिमा खरिद गरिएका लाइसेन्स प्राप्त हतियार ।स्थानीय तह निर्वाचन २०७९ वैशाख ३० मा हुने घोषणा गरिएको छ । सो निर्वाचनमा सुरक्षा चुस्त बनाउन सुरक्षा निकाय र गृह प्रशासनले तयारी गरिरहेका छन् । हिजो गाउँ पञ्चायत र आजभोलि गृह मन्त्रालयसँग स्वीकृति लिएर जिल्ला प्रशासन कार्यालयबाट लाइसेन्स प्राप्त हतियार चुनावमा चुनौती ब

सैन्य सहायताबारे नेपाल र भारतबीच संयुक्त बैठक बस्ने

सैन्य मामिलामा छलफल गर्ने निकाय नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक तीन वर्षपछि भारतमा बस्न लागेको छ। नेपाली सेनाको हतियार तथा गोलीगठ्ठा खरिद एवं द्विपक्षीय सैन्य सहयोगका विषयमा बिहीबार र शुक्रवार...

नेपाल–भारत सीमाबाट पेस्तोल सहित १ जना पक्राउ

काठमाडौं । नवलपरासी पश्चिमस्थित नेपाल–भारत सीमानाबाट प्रहरीले एकजनालाई पेस्तोलसहित पक्राउ गरेको छ ।प्रहरी चौकी रामनगरबाट खटिएको टोलीले सुस्ता गाउँपालिका–५ तरेनी घर भएका २२ वर्षीय सुनिल भेडियारलाई पक्राउ गरेको हो ।भेडयारको साथबाट लोड गरिएको ‘टाईप–५४’ पेस्तोला बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रवक्ता (डिएसपी) राजु लामाले रातोपाटीलाई बताए ।सोमबार विहान भेडियार भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा पक्राउ परेका हुन् । उनीविरुद्ध हात हतियार तथा खर