झापामा धारिलाे हतियार प्रयाेग गरी श्रीमतीकाे हत्या गर्ने पक्राउ

झापा- श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका झापा गाउँपालिका-६ चन्द्रबस्तीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ। ४० वर्षीय नाइके हास्दाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३५ वर्ष‍ीया तालामाई हास्दाको गए राति हत्या गरेका थिए। हत्या गरेलगत्तै फरार भएका नाइकेलाई कचनकवल गाउँपालिका १ को नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले […]

सम्बन्धित सामग्री

धारिलो हतियार प्रयोग गरी महिलाको हत्या, एक जना पक्राउ

बैतडी– बैतडीमा धारिलो हतियार प्रयोग गरेर एक महिलाको विभत्स हत्या गरिएको छ । सुर्नया गाउँपालिका–३ बिजुलका अन्दाजी ३२ वर्षीय तेजबहादुर चन्दले सोही ठाउँकी अन्दाजी ५६ वर्षीया हरिना बिष्टको धारिलो हतियार प्रयोग गरि हत्या गरेका हुन् ।  चन्दले मंगलबार दिउँसो घरमै पुगेर बिष्टको सब्बल, हसिया लगायतका हतियारको प्रयोग गरेर हत्या गरेका स्थानीय भुवन भट्टले जानकारी दिए […]

मदिराको तालमा हतियार प्रहार गरी श्रीमतीको हत्या

झापा :  झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्र बस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति ३५ वर्षीया श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।

हतियार प्रहार गरी श्रीमतीको हत्या

झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए।श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै कचनकवल–१ बाट पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

घरेलु हतियार प्रहार गरी श्रीमतीको हत्या, फरार श्रीमान् पक्राउ

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका २१ वर्षीय भक्तबहादुर थापा पक्राउ परेका छन्। घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका-१३ चुनिखेल बस्ने थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन् । मासु काट्न प्रयोग हुने दाउले बिहीबार राति साढे १० बजेतिर घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते […]

स्वयम्भूमा हतियार प्रयोग गरेर युवकको हत्या प्रयास, एकजना पक्राउ

काठमाडौंको स्वयम्भूमा धारिलो हतियार प्रहार गरेर युवकको हत्या प्रयास गरिएको छ । गर्धन र टाउकोमा धारिलो हतियार प्रहारबाट २३ वर्षीय विकास आचार्य गम्भीर घाइते भएका छन् ।आचार्यलाई उपचारका लागि ट्रमा सेन्टरमा राखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । हतियार प्रहार गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।स्वयम्भूको ठाडो भर्‍याङस्थित ग्रिल पसलमा झगडा भएपछि आचार्यलाई हतियार प्रहार गरिएको थियो । उनी ६ महिनादेखि सो ग्रिल पसलमा कार्यरत थिए ।

धारिलो हतियार प्रहार गरी युवकको हत्या गर्ने ८ जना पक्राउ

कैलाली, २५ कात्तिक । धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जना पक्राउ परेका छन् । टिकापुर नगरपालिका–१ स्थित सिद्वार्थ होटल नजिकै लम्कीचुहा नगरपालिका(१ लम्की चौराह बस्ने २३ वर्षीय भुपेन्द्र बडुवालको मंगलबार साँझ धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ८ जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरू गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका–३ […]

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या

३१ असार, काठमाडौं । संखुवासभाको तुम्लिङटारमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या गरिएको छ । खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी […]

धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं : धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ थानकोट बस्ने वर्ष ३६ का सोमलाल गोपाली र मकवानपुरको दामन-९ घर हुने वर्ष २५ का मनोज दोङ तामाङ रहेका छन्। महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको टोलीले गोपालीलाई आइतवार…

धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

इलाम : देउमाई नगरपालिका–४ चित्रेका ताकबहादुर तामाङ श्रीमती हत्या आरोपमा पक्राउ परेका छन्।घरायसी विवादमा ताकबहादुरले धारिलो हतियार (दाउ)ले ४६ वर्षीया ताकमायाको घाँटी काटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामले बताएको छ। भोजपुरको ओख्रे घर भई एक वर्षदेखि इलाम बस्दै आएका थिए। हत्याका आरोपी तामाङलाई इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको कमाण्डको टालीले तत्काल पक्राउ गरेको छ। प्रहरीले हत्यामा प्रयोग गरेको धारिलो हतियारसहित नियन्त्रणमा लिई अनुसन्धान गरिहेको जिल्ला प्रहरी कार

हत्या आरोपमा चार पक्राउ

सप्तरी। रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ। धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रामदलसँग गत बुधबार झगडा गरेको र कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको बताए। रासस