प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पनि भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्नेलाई पनि नछोड्ने चेतावनी दिएका छन्। ‘अब कडा कदम नचाली देश बन्दैन’ वीर अस्पतालको सर्जिकल भवन शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने– ‘सबैले आफ्नो कर्तव्य अनुसार काम गरौं। देश बनाउने अभियानमा आफ्नो आफ्नो क्षेत्रबाट सबैले योगदान गरौं।’