प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको औषधि खरिदमा भ्रष्टाचार भएको नाममा अनुचित ‘कनेक्सन’ देखाइएको बताएका छन् ।
प्रधानमन्त्री निकटका व्यवसायीले कमिसन खान खोज्दा खोप ल्याउन ढिलाइ भएको प्रचारबाजी भइरहेका बेला ओलीले स्पष्ट पारेका छन् ।
सोमवारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्न प्रस्ताव राख्ने क्रममा बैठकलाई सम्बोधन गर्दै ओलीले कोरोना महामारीको बेला भ्रष्टाचार र अपराध गर्ने कार्य क्षम्य नहुने बताए ।
‘कोभिडविरुद्ध औषधि खरिदमा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने, नभएको कनेक्सन अनुचित ढंगले देखाउ...