प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार नभएको दाबी प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुबाट उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९को तिब्र संक्रमणकै बेला दक्षिण एसियामै भारतपछि पहिलो पटक नेपालले भ्याक्सिन उपलब्ध गराएको बताए ।जसमा भारतबाट पहिलो पटक १० लाख डोज र चीनबाट ५ लाख निःशुल्क पाएको र थप २० लाख सरकारले खरिद गरेर ल्याउँदै गरेको बताए ।‘४ डलरका दरमा २० लाख भ्याक्सिन खरिद गरेको छ । त्यो पनि जीटूजी प्रणालीमा