काठमाण्डाै – पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कुटनीतिलाई स्थापित गर्ने बताएका छन् । काठमाण्डाैमा हामीसँगकाे अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका नागरिकलाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताएका हुन् । नेपालमा क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनले बताए । कुनै समय पाकिस्तानको १९ वर्षमुनिको टोलीलाई नेपाली टाेलीले हराएको प्रसङ्ग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टाेलीलाई आफूले सक्दो सहयोग गर्न...