विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले सभामुख प्रदीपकुमार भण्डारीमाथि प्रतिपक्ष एमालेलाई साथ दिएर सत्ता पक्षलाई विभेद गरेको आरोप लगाएका छन्।मंगलबार प्रदेश १ को प्रदेशसभा बैठक स्थगित भएपछि सभाबाट बाहिरिने क्रममा पत्रकारसँग मुख्यमन्त्री राईले यस्तो बताएका हुन्।उनले आजको नेपाल बन्द (नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको) प्रतिपक्षको बहाना मात्र भएको दाबी गरे।बन्दको बहाना बनाएर प्रतिपक्षीले दुःख दिने नियत राखेको र सभामुखले सो कदमलाई स