यही मंसिर १४ गतेका लागि कर्णाली प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा बैठक आह्वान गर्दा गठबन्धनबीच सल्लाह नगरिएको भन्दै सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले असन्तुष्टि जनाएको छ ।मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । तर, प्रमुख सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले भने सत्ता गठबन्धनबीच कुनै समन्वय नगरी प्रदेशसभा बैठक बोलाइएको आरोप लगाएको छ ।प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा अधिवेशन आह्वान गरेका हु