बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा घोषणा गरेकी अष्टलक्ष्मी शाक्यले आफू संविधान विपरीत सत्तामा नबसेको दाबी गरेकी छन् । अल्पमतका बाबजुद सत्ता लम्ब्याएको आरोप लागेको सन्दर्भमा उनले यस्तो प्रस्टोक्ति दिएकी हुन् ।राजीनामा घोषणा गरेर प्रदेशसभा बैठकबाट बाहिरिएकी उनले यतिन्जेल आफू संविधानतः सत्तामा रहेको र आज राजीनामाको घोषणा गरेको बताइन् । पत्रकारसँग कुरा गर्दै उनले भनिन्, ‘संविधानतः ३० दिनभित्र विश्वासको मतसम्बन्धी सूचना जारी गर्नुपर्ने र त्यसपछि छलफल तथा थप प्रक्रिया अघि बढ्ने हो । हाम