काठमाडौं।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रतिपक्षी दलले सांसद अपहरणको आरोप लगाएको भन्दै असन्तुष्टि जनाएका छन्।सामाजिक सञ्जालमा लेख्दै पोखरेलले भनेका छन्– “दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने,६ जनालाई निष्कासन गर्न सक्ने र एकजनालाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले आज सत्तापक्षलाई अपहरणको आरोप पनि लगाएछ।” सांसदको संख्या कम हुनुमा प्रतिपक्ष नै जिम्मेवार रहेको भन्दै उनले त्यसबारे इतिहासले उत्तर खोज्ने टिप्पणी गरेका छन्।