टोकियो ओलम्पिकको १०औं दिनसम्म आइपुग्दा चीनसँग अमेरिकाकोभन्दा ४ स्वर्ण बढी

काठमाडौं।टोकियो ओलम्पिक–२०२०को १०औं दिनसम्म आइपुग्दा चीनले अमेरिकाले भन्दा चारवटा बढी स्वर्णपदक प्राप्त गरेको छ।हालसम्म चीनले २४स्वर्ण, १४ रजत र १३ काश्य गरी ५१ पदक प्राप्त गरी शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकाले २० स्वर्ण, २३ रजत र १६ काश्य गरी ५९ पदक हात पारेको छ। आयोजक जापान १७ स्वर्ण, ५ रजत र ९ काश्यसहित ३१ पदकसहित तेस्रो स्थानमा छ।

सम्बन्धित सामग्री

टोकियो ओलम्पिक सकिँदै, पदक तालिकामा अमेरिका च्याम्पियन

काठमाडौं, साउन २४ । जापानमा जारी टोकियो ओलम्पिक आइतबार सकिंदैछ । ओलम्पिकको अन्तिम दिन आइतबार बिभिन्न ८ खेलका १३ स्वर्ण पदकको भिडन्त भएको छ । ग्रिष्मकालिन ओलम्पिकको यो ३२ औं संस्करणको प्रतियोगितामा अमेरिका पदक तालिकामा च्याम्पियन बनेको छ । प्रतियोगिता सुरु भएको चार दिनसम्म जापान शिर्ष स्थानमा रहेको थियो । त्यसपछि चीनले आफुलाई शिर्ष स्थानमा […]

टोकियो ओलम्पिक आजदेखि सकिँदै

काठमाडौं : टोकियो ओलम्पिकको आजदेखि सकिँदै छ। गत जुलाई २३ मा औपचारिक उद्घाटन भएको ओलम्पिक आज समापन हुन लागेको हो। समापन समारोह नेपाली समय अनुसार अपरान्ह ४ बजेर ४५ मिनेटमा सुरु हुँदै छ। ओलम्पिकको अन्तिम दिन आज ८ स्वर्ण पदकका खेल हुँदैछन्। आज वाटर पोलो, महिला भलिबल जिम्न्यास्टिक, पुरुष म्याराथन, साइक्लिङ ट्याक, महिला ह्याण्ठबल, जम्पिङ र बक्सिङका खेल हुँदै छन्। आज भएको जम्पिङमा स्वीडेनले स्वर्ण जितिसेकेको छ। त्यस्तै पुरुष म्याराथनतर्फको स्वर्ण पदक केन्याली धावक एलिउड किपचोगेले जितेका

टोकियो ओलम्पिकको आज अन्तिम दिन, पदक तालिकामा अमेरिकाले उछिन्ला त चीनलाई ?

काठमाडौं।टोकियो ओलम्पिक–२०२० आज अन्तिम दिन हो।कोरोना महामारीबीच २३ जुलाईमा सुरु भएको ओलम्पिकको अन्तिम दिनसम्म आइपुग्दा पदक तालिकामा चीन शीर्ष स्थानमा छ।दोस्रो स्थानमा रहेको अमेरिकासँगभन्दा चीनले मात्र दुई वटा बढी स्वर्ण पदक जितेको छ।शीर्ष स्थानमा रहेको चीनसँग ३८ स्वर्ण,३१ रजत र १८ कास्यसहित कुल ८७ पदक छ। अमेरिकाले ३६ स्वर्ण, ३९ रजत र ३३ कास्य गरी १०८ मेडल जितेको छ।

ओलम्पिकको आज अन्तिम दिन १३ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिन १३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार आज एथलेटिक्स, बास्केटबल, बक्सिङ, ह्याण्डबल, जिम्नास्टिक, ट्रयाक साइक्लिङ, भलिबल र वाटर पोलो खेलहरुमा प्रतिस्पर्धा हुनेछ।जारी टोकियो ओलम्पिकमा हालसम्म चीनले ३८, अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०,अष्ट्रेलियाले १७ वटा स्वर्ण पदक जितेका छन्। आज विशेष समारोहको आयोजना गरी ओलम्पिकको समापन गरिने छ।

टोकियो ओलम्पिकको आज १२ औं दिन, १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’को आज १२औं दिन विभिन्न खेलहरुमा १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आयोजककाअनुसार आज आटिस्टिक स्वीमिङ, रनिङ,बेसबल, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, गल्फ, ह्याण्डबल, म्यारथुन स्वीमिङ, सेलिङ, स्केटबोर्डिङ,टेबुल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङ लगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ। हालसम्म सम्पन भएका खेलहरुमा सबैभन्दा बढी स्वर्ण पदक चीनले ३२, अमेरिकाले २४, जापानले १९ र अष्ट्रेलियाले १४ वटा जितेका छन्।

आज टोकियो ओलम्पिकको ११औं दिनः २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं। टोकियो ओलम्पिक–२०२० को ११औं दिन विभिन्न खेलमा २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हँुदैछ। आज जिम्नास्टिक, स्वीमिङ, लङ्गजम्प, जाभ्लिन थ्रो, बेसबल, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, फुटबल, ह्याण्डबल, हकी, टेबन टेनिस, साइक्लिङ, भलिबल, बाटर पोलो, भारत्तोलन, रेस्लिङ लगायतका खेलहरु हुनेछन्। टोकियो ओलम्पिकमा हालसम्म सबैभन्दा बढी स्वर्ण चीनले २९, अमेरिकाले २२, जापानले १७ र अष्ट्रेलियाले १४ वटा जितेका छन्।

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं। टोकियो ओलम्पिक २०२० को तेस्रो दिन आज २१ स्वर्ण पदकका लागि विभिन्न विधामा प्रतिस्पर्धा हुँदैछ। यस ओलम्पिकको पहिलो दिन ११ र दोस्रो दिन १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। आज आर्चरी, आटिस्टिक जिम्नास्टिक, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, टेबल टेनिस, तेक्वान्डो, भारोत्तोलनलगायतमा प्रतिस्पर्धा हुनेछ। हालसम्म १७ देशले २९ स्वर्ण पदक हात पारिसकेका छन्।

टोकियो ओलम्पिक : अमेरिकाले खोल्यो स्वर्णको खाता

१० साउन, काठमाडौं । ३२औं गृष्मकालीन ओलम्पिक अर्थात टोकियो ओलम्पिक २०२० मा अमेरिकाले पहिलो स्वर्ण पदक जितेको छ । जापानमा भइरहेको ओलम्पिकको तेस्रो दिन आइतबार पौडी खेलाडी चेस कालिसले अमेरिकालाई पहिलो स्वर्ण दिलाएका हुन् । कालिसले पुरुष ४ सय मिटर व्यक्तिगत मिड्लेमा स्वर्ण जितेका हुन् । उनले ४ मिनेट ०९.४२ सेकेण्डको समयसहित स्वर्ण जिते । […]

टोकियो ओलम्पिक : तिन स्वर्णसहित चीनको अग्रता, आज १८ स्वर्ण पदकको टुंगो लाग्ने

एजेन्सी । टोकियो ओलम्पिकमा अहिलेसम्म तिन स्वर्ण पदक जितेर चिनले अग्रता लिएको छ । एक एक वटा स्वर्ण पदक तथा एक एक वटा रजत पदक जितेका इटाली र जापान क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । ३२ औं ग्रिष्मकालिन ओलम्पिकको पहिलो दिन हिजो ९ देशले स्वर्ण पदक जितेका छन् । रजत र कास्य पदक […]

टोकियो ओलम्पिकको पहिलो दिन ९ देशले जिते स्वर्ण पदक

काठमाडौं। टोकियो ओलम्पिक २०२० को पहिलो दिन कुल ११ स्वर्णको लागि भएका विभिन्न प्रतिस्पर्धामा ९ देशले स्वर्ण पदक हात पारेका छन्। पहिलो दिन सबैभन्दा बढी चीनले ३ वटा स्वर्ण पदक हात पारेको छ भने इटाली, जापान, दक्षिण कोरिया, इक्वेडर, हंगेरी, इरान, कोसोभो र थाइल्याण्डले एक–एक वटा स्वर्ण जितेका छन्। पहिलो दिन कुल १९ देशले विभिन्न पदक प्राप्त गरेका छन्।