टोकियो ओलम्पिकको आज १२ औं दिन, १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’को आज १२औं दिन विभिन्न खेलहरुमा १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आयोजककाअनुसार आज आटिस्टिक स्वीमिङ, रनिङ,बेसबल, बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, गल्फ, ह्याण्डबल, म्यारथुन स्वीमिङ, सेलिङ, स्केटबोर्डिङ,टेबुल टेनिस, साइक्लिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङ लगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ। हालसम्म सम्पन भएका खेलहरुमा सबैभन्दा बढी स्वर्ण पदक चीनले ३२, अमेरिकाले २४, जापानले १९ र अष्ट्रेलियाले १४ वटा जितेका छन्।

सम्बन्धित सामग्री

ओलम्पिकको आज अन्तिम दिन १३ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिक–२०२० को आज अन्तिम दिन १३ वटा स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ। आयोजकका अनुसार आज एथलेटिक्स, बास्केटबल, बक्सिङ, ह्याण्डबल, जिम्नास्टिक, ट्रयाक साइक्लिङ, भलिबल र वाटर पोलो खेलहरुमा प्रतिस्पर्धा हुनेछ।जारी टोकियो ओलम्पिकमा हालसम्म चीनले ३८, अमेरिकाले ३६, जापानले २७, रुसी खेलाडीले २०, बेलायतले २०,अष्ट्रेलियाले १७ वटा स्वर्ण पदक जितेका छन्। आज विशेष समारोहको आयोजना गरी ओलम्पिकको समापन गरिने छ।

टोकियो ओलम्पिकः ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। टोकियो ओलम्पिकको आज १५औं दिन महिला म्याराथन र पुरुष फुटबलसहित ३४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। एथलेटिक्समा ७, कनोई स्प्रिन्ट र बक्सिङमा समान ४, कुस्तीमा ३, करातेमा २, तथा गल्फ, बास्केटबल, बीच भलिबल, डाइभिङ, वाटर पोलो, साइक्लिङ ट्रयाक, इक्विस्ट्रे, बेसबल, फुटबल, ह्याण्डबल, भलिबल, आष्ट्रिस्टिक स्विमिङ, मोर्डन पेन्टाथलन र रिदमिक जिम्न्यास्टिकमा समान एक स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुदैछ।

टोकियो ओलम्पिकको आज १३औं दिनः २७ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिकको १३ औं दिन आज २७ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ।आयोजकका अनुसार आज बास्केटबल, बीच भलिबल, बक्सिङ, डाइभिङ, गल्फ, ह्याण्डबल, आटिस्टिक स्वीमिङ, रनिङ, बेसबल, म्याराथुन स्वीमिङ, भलिबल, वाटर पोलो, भारत्तोलन, रेस्लिङ सेलिङ, स्केटबोर्डिङ, टेबुल टेनिस, साइक्लिङलगायतका खेलहरुमा प्रतिस्पर्धा हुनेछ। हालसम्म सम्पन्न खेलहरुमा सबैभन्दा बढी चीनले ३२, अमेरिकाले २५, जापानले २१, बेलायतले १५ र अष्ट्रेलियाले १५ स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकः आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा

एजेन्सी। जापानमा जारी टोकियो ओलम्पिकमा आज आठौं दिन २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आज पौडीमा चार, एथलेटिक्समा तीन, सुटिङ, भारोत्तोलन र सैलिङमा समान दुई तथा अर्चरी, ब्याडमिन्टन, फेन्सिङ, जुडो, रग्बी सेभेन, टेनिस, जिम्न्यास्टिक र ट्रायथलनमा समान एक गरी २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म १३७ स्वर्ण पदकको टुंगो लाग्दा ४२ देशले स्वर्ण पदक जितेका छन्।

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा आज विभिन्न खेलहरुमा २१ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। हालसम्म ११४ वटा स्वर्ण पदकको टुङ्गो लागिसकेको छ।आज साइक्लिङ, फेन्सिङ, गल्फ, ह्याण्डबल, हकी, जुडो, रग्बी, सुटिङ, स्वीमिङ, आर्चरी, जिम्नास्टिक, ब्याडमिन्टन, बास्केटबल, सफ्टबल, बिच भलिबल, बक्सिङ, टेवल टेनिस, टेनिस, भलिवल, वाटर पोलोलगायत खेल हुनेछन्। हालसम्म सबैभन्दा बढी स्वर्ण क्रमशः चीन, जापान, अमेरिका, रुसी खेलाडी र अष्ट्रेलियाले जितेका छन्।

टोकियो ओलम्पिकमा आज २३ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं। टोकियो ओलम्पिकका आज पाँचौ दिन विभिन्न विधामा २३ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदैछ। स्वीमिङ, सफ्टबल, जिम्नास्टिक, साइक्लिङ, बास्केटबल, डाइभिङ, फेन्सिङ, जुडो, तेक्वान्डो, भारोत्तोलन, सुटिङ, ह्याण्डबल, भलिबल, हकी, बिचभलिबल, टेबल टेनिस, आर्चरी लगायतका खेलमा आज प्रतिस्पर्धा हुँदैछ। चौथो दिनको अन्तसम्म ७१ स्वर्ण पदकको टुंगो लागिसकेको छ। जापान, अमेरिका र चीनले क्रमसः १०, ९ र ९ स्वर्ण जितेका छन्।

टोकियो ओलम्पिकमा आज २२ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुँदै

काठमाडौं। टोकियो ओलम्पिक २०२० को आज चौथो दिन २२ वटा स्वर्ण पदकका लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ। तीन दिनमा ५० स्वर्ण पदकको छिनोफानो भइसकेको छ। आज स्वीमिङ, बास्केटबल, सफ्टबल, जिम्नास्टिक, स्केटबोर्डिङ, हकी, बक्सिङ, शुटिङ, टेबल टेनिस खेलमा आज प्रतिस्पर्धा हुनेछ। तेस्रो दिनसम्म सबैभन्दा बढी स्वर्ण पदक जित्ने देशमा जापान, अमेरिका, चीन, रुसी खेलाडी, बेलायत, दक्षिण कोरिया रहेका छन्।

टोकियो ओलम्पिकमा आज २१ स्वर्ण पदकको लागि प्रतिस्पर्धा हुने

काठमाडौं। टोकियो ओलम्पिक २०२० को तेस्रो दिन आज २१ स्वर्ण पदकका लागि विभिन्न विधामा प्रतिस्पर्धा हुँदैछ। यस ओलम्पिकको पहिलो दिन ११ र दोस्रो दिन १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। आज आर्चरी, आटिस्टिक जिम्नास्टिक, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, टेबल टेनिस, तेक्वान्डो, भारोत्तोलनलगायतमा प्रतिस्पर्धा हुनेछ। हालसम्म १७ देशले २९ स्वर्ण पदक हात पारिसकेका छन्।

टोकियो ओलम्पिकको दोस्रो दिन आज १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने

काठमाडौं।टोकियो ओलम्पिकको दोस्रो दिन आज विभिन्न विधामा १८ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।आज आर्चरी, साइक्लिङ, डाइभिङ, फेन्सिङ, जुडो, सुटिङ, स्केटबोर्डिङ, स्वीमिङ, तेक्वान्डो, भारत्तोलनका विभिन्न खेलहरु हुनेछन्।ओलम्पिकको पहिलो दिन हिजो ११ स्वर्ण पदकको छिनोफानो भएको थियो।पहिलो दिन ९ देशले स्वर्ण पदक जितेका थिए।सबैभन्दा बढी चीनले ३ वटा जितेको थियो।इटाली, जापान,दक्षिण कोरिया,इक्वेडर,हंगेरी, इरान, कोशोभो र थाइल्याण्ड एक–एक वटा स्वर्ण जितेका थिए।

टोकियो ओलम्पिकः पहिलो दिन ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदै

एजेन्सी। जापानको राजधानी टोकियोमा जारी ओलम्पिकको पहिलो दिन आज ११ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ। आर्चरी, साइक्लिङ, फेन्सिङ, जुडो, सुटिङ, तेक्वान्दो र भारोत्तोलनमा पदकका लागि प्रतिस्पर्धा हुदैछ। नेपाली खेलाडी सोनिया भट्टले पनि जुडोको ४८ केजी मुनीको तौल समूहमा रुसकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्दैछिन्। त्यस्तै सुटिङमा कल्पना परियारले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्दैछिन्।