म्याग्दीका वडा वडामा पुगेर स्वाब संकलन

म्याग्दी । म्याग्दीमा पीसीआर परीक्षणका लागि समुदायस्तरमै पुगेर स्थानीयको स्वाब संकलन गर्न थालिएको छ । म्याग्दीको बेनी नगरपालिकाका र धवलागिरि गाउँपालिकाले वडा वडामा पुगेर स्वाब संकलन र एन्टीजेन परीक्षण शुरू गरेका हुन् । बेनी नगरपालिका क्षेत्रमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि रोकथाम, नियन्त्रण र व्यवस्थापन प्रभावकारी बनाउन सबै वडामा पुगेर पीसीआर परिक्षणका लागि स्वाब संकलन, जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालिएको छ । आइतवार नगरपालिकाका विभिन्न वडामा स्वाब संकलन गरिएको छ । शनिवार नगर प्रमुख हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको नगरस्तरीय कोभिड व्यवस्थापन समितिको बैठकले नगरपालिकाभित्र कोरोना संक्रमणको रोकथाम, नियन्त्रण र व्यवस्थापन प्रभावकारी बनाउने निर्णय गरेको थियो । सोहीअनुसार वडामा स्वाब संकलन शुरू गरिएको हो । कोभिड नियन्त्रणका लागि सबै वडामा टास्कफोर्स गठन समेत गरिएको नगर प्रमुख श्रेष्ठले बताए । यस्तै बिरामीलाई अस्पतालसम्म ल्याउन गाडीको व्यवस्था र जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले जानकारी दिए । स्वास्थ्य कार्यालय म्याग्दीका अनुसार जिल्लामा आइतवारसम्म १६० जना सक्रिय संक्रमित छन् । संक्रमितमध्ये अधिकांश होम आइसोलेशनमा बसेका छन् । यस्तै कोरोना संक्रमणबाट हालसम्म ७ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय म्याग्दीले बताएको छ ।

सम्बन्धित सामग्री

वडामै पुगेर कोरोना परीक्षण गर्दै वीरेन्द्रनगर

वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले नगरपालिकाभित्र रहेका १६ वटामा कोरोना परीक्षण शुरू गरेको छ । संक्रमण टोल–टोलमा पुगेपछि वडा–वडामा परीक्षण थालिएको नगरपालिकाले बताएको छ । यसअघिसम्म वीरेन्द्रनगरमै रहेको कट्कुवा स्वास्थ्य चौकीमा हप्तामा तीन दिन मात्रै कोरोना परीक्षण हुँदै आएको थियो । तर, अधिकांश संक्रमित होम आइसोलेसनमा रहेकाले समुदायस्तरमा थप संक्रमण फैलिन नदिन नगरपालिकाले परीक्षणको दायरा बढाउन लागेको हो । नगरपालिकाले बुधवार वडा नं. १३ को वडा स्वास्थ्यचौकी र नगरपालिका परिसरमा स्वाब संकलन तथा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको छ । त्यस्तै, २० गते बिहीवार वडा नं. ४ को भैरवस्थान स्कुल र वडा नं ९ को स्वास्थ्यचौकी लाटीकोइली, २१ गते शुक्रवार पुनः वीरेन्द्रनगर परिसर र वडा नं. १४ को स्वास्थ्य चौकी गढी र शनिवार वीरेन्द्रनगर–२ को स्वास्थ्य चौकी उत्तरगंगामा कोरोना परीक्षण गरिएको छ । यस्तै आइतवार वडा नं १२ को आधारभूत स्वास्थ्य केन्द्र नेवारे र वडा नं १ को आधारभूत स्वास्थ्य केन्द्र धारापानीमा स्वाब संकलन गरिने नगरपालिकाले बताएको छ । वीरेन्द्रनगर नगरपालिकाको कार्यालय परिसरमा वडा नं ६, ७ र ८ का स्थानीयको स्वाब संकलन गरिनेछ । यसअघि मंगलवार वडा नं ३ को हरिडिलभूमि स्कुल र वडा नं ७ को वडा कार्यालयमा स्वाब संकलन गरिएको थियो । नगरपालिकाले २३ गतेभित्रै सबै वडामा स्वाब संकलन गरिसक्ने र संक्रमणको दर हेरेर निषेधाज्ञा अन्त्य गर्ने वा कायम राख्ने एकिन हुने नगरप्रमुख देवकुमार सुवेदीले बताए । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगरमा यही २५ गतेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ ।

सोलुदूधकुण्ड-२ : कोरोना नियन्त्रण गर्न सफल उदाहरणीय वडा

सोलुखुम्बु : कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्न  स्थानीय तहहरूलाई मुस्किल परिरहेको बेला सोलुदूधकुण्ड नगरपालिका–२ मा भने मजबुत पूर्वतयारी भएको छ।कोभिड–१९ रोकथाम तथा नियन्त्रणको पूर्वतयारीमा आफूहरू मजबुत ढंगले बसेको वडा अध्यक्ष मिङ्‌मार दोर्जी शेर्पाले बताए। उनका अनुसार अब स्वाब संकलनदेखि बिरामीको उद्धार तथा तत्काल गरिने उपचारको लागि वडाभित्र कुनै समस्या हुनेछैन। हाल उक्त वडामा पीसीआर परीक्षण गर्न स्वाब संकलन निम्ति चाहिने २५० र एन्टिजेनका लागि

म्याग्दीमा संक्रमितको खोजी तीव्र, खेतबारीमै पुगे स्वास्थ्यकर्मीको टोली

म्याग्दी : म्याग्दीमा कोरोना संक्रमणदर बढ्न थालेपछि समुदायस्तरमै पुगेर संक्रमित खोजी कार्य तीव्र पारिएको छ।  कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकाको स्वाब संकलन गर्न बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली खटाइएको छ।उनीहरूले खेतबारीमै पुगेर स्वाब संकलन गरिरहेका छन्।बेनी नगरपालिकाले वडा नम्बर २ मा ३० जना र वडा नम्बर ४ मा ६७ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रशासकीय अधिकृत छविला

वडावासीको स्वाब संकलन (१२ तस्बिर)

काठमाडौं । काठमाडौं महानगरपालिकाका वडा नम्बर–१३, १४, १५, १६, १७ र २६ का स्थानीयको पीसीआर परीक्षणका लागि बिहीबार स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र महानगरको सहयोगमा क्षेत्रपाटीस्थित धोबीचौरमा स्वाब संकलन गरिएको हो । करिब ३०० जनाले स्वाब दिएको जनाइएको छ । थप तस्बिर हेर्नोस्

स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि हातपात

बैतडी- स्वाब संकलन गर्न हिँडेका स्वास्थ्यकर्मीमाथि हातपात भएको छ। बैतडीको सिगास गाउँपालिका- ३ बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रबाट वडा नम्बर ५ ढुंगाडमा स्वाब संकलनका लागि हिँडेका...

https://www.onlinekhabar.com/2020/05/866092

७ जेठ, वीरगञ्ज । पर्सामा कोरोना परीक्षण गर्ने पीसीआर किट र भीटीएम (स्वाब राख्ने भाँडो) अभावका कारण दुई दिनदेखि रोकिएको स्वाब संकलन कार्य बुधबारदेखि सुरु भएको छ । छिपरमाई गाउँपालिका, सखुवाप्रसौनी गाउँपालिका, वीरगञ्ज महानगरपालिका वडा नम्बर …

कोरोनाबाट मृत्यु भएकी महिलाको गाउँबाट ५५ जनाको थ्रोट स्वाब संकलन

सिन्धुपाल्चोक : कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने महिलाको घर रहेको जिल्लाको बाह्रबिसे नगरपालिका वडा नम्‍बर ९ राम्चे गाउँबाट पीसीआर परीक्षणका लागि ५५ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। स्वाब संकलन आज पनि जारी छ। महिलाको मृत्यु लगत्तै शनिबारदेखि सिल गरिएको बाह्रबिसे नगरपालिकाका वडा नम्बर ९ मा रहेको राम्चे ठोट्नेरीका

दमकमा ७४ जनाको थ्रोट स्वाब संकलन

दमक (झापा) : एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि दमकमा आइतबारदेखि थ्रोट स्वाब संकलन सुरु भएको छ। पहिलो दिन संक्रमित पहिचान भएको वडा नम्बर ३ सहित जोखिमयुक्त क्षेत्रका ७४ जनाको स्वाब संकलन गरिएको हो। संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुलाई पहिलो घेरामा राखी नमुना संकलन गरिएको हो। नमुना संकलन गरिएका व्यक्तिहरुको आरडिटी ...

उदयपुरमा बिहीबार ५८ जनाको स्वाब संकलन

उदयपुर : उदयपुरमा २८ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएपछि थ्रोट स्वाब संकलन गर्ने काम तीव्र गतिमा भइरहेको छ।  आज (बिहीबार) चौदण्डीगढी नगरपालिका ५ सिवाईमा ५८ जनाको थ्रोट स्वाब संकलन गरिएको छ। विशेषतः जिल्लाको भुल्केआसपास स्वाब संकलन तीव्र पारिएको नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए। वडा नम्ब...

उदयपुरको भुल्केका ८ जनालाई थप परीक्षणका लागि धरान लगियो

उदयपुर - उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर-३, भुल्केका थप ८ जनालाई कोरोना विशेष अस्पताल धरान लगिएको छ । कोरोना सङ्क्रमणको शंका लागेपछि उनीहरुलाई धरान लगिएको हो । भुल्केमा बसेका १२ जनामा कोरोनाको सङ्क्रमण भएपछि वैशाख ६ गते ६९ जनाको स्वाब संकलन गरिएको थियो ।  स्वाब संकलन गरिएका मध्येकै आठजन...