म्याग्दी : म्याग्दीमा कोरोना संक्रमणदर बढ्न थालेपछि समुदायस्तरमै पुगेर संक्रमित खोजी कार्य तीव्र पारिएको छ। कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङमा परेका र लक्षण देखिएकाको स्वाब संकलन गर्न बेनी नगरपालिका, मंगला र मालिका गाउँपालिकामा स्वास्थ्यकर्मीको टोली खटाइएको छ।उनीहरूले खेतबारीमै पुगेर स्वाब संकलन गरिरहेका छन्।बेनी नगरपालिकाले वडा नम्बर २ मा ३० जना र वडा नम्बर ४ मा ६७ जनाको स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि पठाइएको नगरपालिकाका प्रशासकीय अधिकृत छविला