सोलुखुम्बु : कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्न स्थानीय तहहरूलाई मुस्किल परिरहेको बेला सोलुदूधकुण्ड नगरपालिका–२ मा भने मजबुत पूर्वतयारी भएको छ।कोभिड–१९ रोकथाम तथा नियन्त्रणको पूर्वतयारीमा आफूहरू मजबुत ढंगले बसेको वडा अध्यक्ष मिङ्मार दोर्जी शेर्पाले बताए। उनका अनुसार अब स्वाब संकलनदेखि बिरामीको उद्धार तथा तत्काल गरिने उपचारको लागि वडाभित्र कुनै समस्या हुनेछैन। हाल उक्त वडामा पीसीआर परीक्षण गर्न स्वाब संकलन निम्ति चाहिने २५० र एन्टिजेनका लागि