काठमाडौं : युरोपेली संघ ईयूका सदस्यहरु ग्यास प्रयोग कटौति गर्न सहमत भएका छन्। रुसले ग्यासको आपूर्ति अवरुद्ध गरेमा आगामी अगस्टबाट मार्चसम्म ग्यासको प्रयोग १५ प्रतिशत घटाउन युरोपेली देशहरु सहमत भएका हुन्। ईयूले यो सहमतिको उद्देश्य जाडो यामअघि ग्यासको बचत गर्नु रहेको जनाइएको छ। साथै युरोपेली राष्ट्रहरुको संगठनले ‘ऊर्जा आपूर्तिलाई निरन्तर हतियार बनाएको’ भन्दै रुसलाई चेतावनी समेत दिएको छ। ग्यासको खपत गर्न नसक्ने कतिपय देशलाई बाध्यकारी नबनाइने अधिकारीहरुले जनाएका छन्। तर आपू