जी–२० सम्मेलनमा विश्व नेताहरू संयुक्त घोषणापत्रका लागि सहमत

काठमाण्डौ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जी–२० देशका नेताहरू संयुक्त घोषणापत्रप्रति सहमत भएको जानकारी दिनुभएको छ । आजको सम्मेलनपछि प्रधानमन्त्री मोदीले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’ मा सहमति जुटेको जानकारी गराउनुभएको बीबीसीले जनाएको छ । जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो । शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली देशहरु रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन् । चीनले रुस–युक्रेन ...

सम्बन्धित सामग्री

जी–२० राष्ट्रहरू १.५ डिग्री जलवायु परिवर्तन लक्ष्यमा सहमत

जी–२० राष्ट्रका नेताहरूले विश्व तापमानलाई पूर्व–औद्योगिक स्तर भन्दा कम १.५ डिग्रीमा सीमित गर्ने सहमतिमा पुगेका छन् । शिखर वार्तालाई नजिकबाट नियालेका तीन स्रोतहरूले आइतबार एएफपीलाई उक्त कुरा बताएका छन् ।     स्रोतहरूले दिएको जानकारीअनुसार ती नेताहरूले २०१५ को पेरिस सम्झौतामा सहमति भएको भन्दा बाहिर जाने विषयलाई अनुमोदन गरेका छन् । जसले ग्लोबल वार्मिङलाई २ डिग्री भन्दा कम १.५ डिग्रीको नजिकमा राख्न आह्वान गरेका छन् ।

जसको पक्राउले चिसियो अमेरिका-चीन सम्बन्ध, खस्कियो विश्व सेयर बजार

जी-२० सम्मेलनका क्रममा अर्जेन्टिनामा भएको भेटमा चीन र अमेरिकाका राष्ट्रपतिहरू व्यापार युद्धमा ९० दिनको युद्धविराम गर्न सहमत भएका थिए। तर पछिल्लो समय मेङ प्रकरणले यी दुई शक्ति राष्ट्रको सम्बन्ध बिग्रने डरले सेयर ओह्रालो लागेको हो।