सरकारी पक्षको ढिलासुस्तीकै कारण डा. गोविन्द केसी आमरण अनशन बसेको २२ दिनसम्म पनि उनले उठाएका मागमा सहमति हुन सकेको छैन । राजनीतिक दलकै नेता र स्वार्थ समूहको दबाबका कारण सरकारले केसीको माग सम्बोधन गर्न ढिलाइ गरिरहेको छ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राखेर आमरण अनशनरत केसीको स्वास्थ्य अवस्था दिनप्रतिदिन चिन्ताजनक बन्दै गएको छ ।