काठमाडौंः सरकार र अनशनरत डा. गोविन्द केसीबीच दश बुँदे सहमति भएको छ। डा. केसी र सरकारी वार्ता टोलीका संयोजक डा. गणेशप्रसाद पाण्डेले सहमतिमा हस्ताक्षर गरेका छन्।
सहमतिसँगै केसीले अनशन तोडेका छन्।
दुई पक्षबीच स्वास्थ्य सेवा सुधारका लागि देशभरका सरकारी अस्पतालहरुमा हाल सञ्चालनमा रहेका शय्या अनुसार दरबन्दी थप गर्नेबारे सहमति भएको छ।…