काठमाडौं । सरकार र चिकित्साशिक्षा क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । शनिबार सहमतिलगत्तै डा. केसीले अनशन तोडेका छन् ।
सातबुँदे माग राख्दै डा. केसी कैलाली हुँदै काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अनशनरत थिए । उनले शिक्षण अस्पतालमै उपचाररत बालकको हातबाट जुस पिएर अनशन अन्त्य गरेका...