भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव

जेठ २०, वीरेन्द्रनगर । निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ ।  निषेधाज्ञाका कारण निर्माण सामग्री अभावका साथै कामदारको समेत अभाव हुन थालेको आयोजनाले जानकारी दिएको छ ।’, निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ । आयोजनामा अहिले रड (सरिया) र सिमेन्टको अभाव भएको आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले बताए ।  उनले भने ‘आयोजनाले ३२–३३ एमएमको रड प्रयोग गर्दछ । तर, बजारमा उक्त साइजका रडहरू पाउँदैनन् । रडका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ । प्रयोगशालामा गुणस्तर पास भएमात्रै रड प्रयोगमा ल्याइन्छ । यदि गुणस्तर नभए आयोजनाले रड कम्पनीमै फिर्ता पठाइदिने गरेको छ ।  तर, कोरोनाका कारण निर्माण कम्पनीमा उत्पादन बन्द हुनु र बजारमा ठूलो तथा गुणस्तरीय रड नपाएकै कारण समस्या भएको हो’ । तिवारीले भने, ‘कोरोनाका कारण निर्माण कम्पनी नै बन्द हुँदा रड अभाव भएको हो ।’  पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । तर, अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाले रड प्रयोग हुने बाहेकका कामहरू जारी राखेको छ । त्यस्तै आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन । कोरोनाकै कारण मजदूर र निर्माण सामग्री अभावले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ‘एक महीना निषेधाज्ञा हुँदा तीन महीना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ ।’ पूर्व निर्धारित समयअनुसार आर्थिक वर्ष २०७९/८० मा आयोजना सम्पन्न भइसक्नु पर्छ । तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका थपिएको छ । किनकि पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । तर, अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पूर्व निर्धारित समयमा आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ ।  सुरुङ निर्माण जस्तो जटिल काम सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ । उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको थियो । तर, दोस्रो चरणको काम सुस्त छ ।  दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसमा पनि महत्वपूर्ण मानिएको विद्युत् गृह निर्माणको काम झनै सुस्त छ । बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन । नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्ने छ ।  पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महीनामात्रै बाँधको काम गर्न सकिन्छ । बाँध र पावर हाउस (विद्युत् गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । भेरी नदीको पानी (भेरीगंगा नगरपालिका–९ चिप्लेबाट भेरीगंगा–१ को हात्तीखाल) बबईमा खसालिने छ ।  आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । मुख्य रुपमा सिँचाइका लागि बनाइएको आयोजनाबाट वार्षिक करीब चार अर्ब चार करोड बराबरको बिजुली उत्पादन हुने अनुमान गरिएको छ । आयोजना सम्पन्न गर्न कुल ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ । मजदूर पनि अभाव  ‘आयोजना छेउछाउका गाउँमा संक्रमण फैलिएपछि स्थानीय मजदूर समेत काममा आयका छैनन् । आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने कोरोनाअघि झण्डै १०० भन्दाबढी मजदूर कार्यरत भएपनि  कोरोना संक्रमण फैलिएपछि आधा मजदूर मात्रै काममा संलग्न छन् । उनले भने हाल स्थानीय मजदूर काममा फर्कन मान्दैनन्, ‘कोरोनापछि ६० जना मात्रै मजदूर कार्यरत छन् ।

सम्बन्धित सामग्री

भेरी–बबईको ४७ प्रतिशत काम सकियो

सुर्खेत : सुर्खेतस्थित राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ४७ प्रतिशत निर्माणकार्य सकिएको छ।कोरोनाको दोस्रो लहरसँगै भएको निषेधाज्ञाले कारण मजदुर पाउन नै हम्मे–हम्मे भएको थियो। मजदुरको अभावका कारण एक महिना अघि ४३ प्रतिशत काम सकिएको थियो। भने हालसम्म ४७ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशक हरिनारायण यादवले बताए।निर्देशक हरिनारायण यादवका अनुसार गत वर्षदेखि पटक पटकको निषेधाज्ञाले राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन निर्माण कार्य

भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्री अभाव

वीरेन्द्रनगर । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ । निषेधाज्ञाका कारण निर्माण सामग्रीसहित कामदारको समेत अभाव हुन थालेको आयोजनाले जनाएको छ । ‘निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ । अहिले रड (सरिया) र सिमेन्ट अभाव भएको छ’, आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने । आयोजनाले ३२–३३ एमएमका सरिया प्रयोग गर्दै आएको छ । तर, बजारमा उक्त साइजका सरिया पाइँदैनन् । सरियाका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ । प्रयोगशालामा गुणस्तर पास भए मात्रै सरिया प्रयोगमा ल्याइन्छ । यदि गुणस्तर नभए आयोजनाले सरिया कम्पनीमै फिर्ता पठाइदिने गरेको छ । कोरोनाका कारण निर्माण कम्पनीमा उत्पादन बन्द हुनु र बजारमा ठूलो तथा गुणस्तरीय सरिया नपाएकै कारण आयोजनालाई सरिया अभाव भएको हो । तिवारी भन्छन्, ‘कोरोनाका कारण निर्माण कम्पनी बन्द हुँदा सरिया अभाव भएको हो ।’ आयोजना निर्माणको पूर्वनिर्धारित समय सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाले सरिया प्रयोग हुनेबाहेकका काम जारी राखेको छ । आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन । कोरोनाकै कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समय आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ‘एक महिना निषेधाज्ञा हुँदा तीन महिना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ ।’ पूर्वनिर्धारित समयअनुसार आर्थिक वर्ष ०७९/८० मा आयोजना सम्पन्न भइसक्नुपर्छ । तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका छ । पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पूर्वनिर्धारित समय आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ । सुरुङ निर्माणजस्तो जटिल कार्य सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ । उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको थियो । तर, दोस्रो चरणको काम सुस्त छ । दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसमा महत्वपूर्ण मानिएको विद्युत्गृह निर्माणको काम झनै सुस्त छ । बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन । नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ । पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महिना मात्रै बाँधको काम गर्न सकिन्छ । बाँध र पावर हाउस (विद्युत्गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९ चिप्लेबाट वडा नम्बर १ को हात्तीखाल बबईमा खसालिनेछ । आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।

राष्ट्रिय गौरवको भेरी-बबई आयोजनामा निर्माण सामग्री अभाव

सुर्खेत : कोरोना महामारी फैलन नदिन निषेधाज्ञा लगाइएका बेला पनि जोखिम मोलेरै भएपनि विकास निर्माणका कामहरू अघि बढाउन खोजिएको छ। तर, निर्माण सामग्री अभाव भइरहेको छ।राष्ट्रिय गौरवमा सूचीकृत भेरी-बबई आयोजना यस्तै एक उदाहरण हो। जहाँ निर्माणकार्य त अघि बढाउन खोजिएको छ, तर निर्माण सामग्री अभाव भइरहेको छ। यो आयोजना सुर्खेतमा पर्छ।‘रड (सरिया) अभाव भइसक्यो, सिमेन्ट पनि सकिन लागेको छ,’ आयोजनाका इञ्‍जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने, ‘कोरोनाका कारण निर्माण कम्पनी

रेल सञ्चालनमा ढिलाइ

विनातयारी भारतसँग किनिएको रेल सञ्चालनको भाखा पटकपटक सारिरहेको नेपाल रेलवे कम्पनीले वैशाखभित्र यो सञ्चालनमा ल्याउने दाबी गरेको छ । रेल सञ्चालनका लागि जनशक्तिको अभाव हुनु स्वाभाविक भए पनि विनातयारी रेल किनेर पालले छोपेर राख्नु विडम्बनापूर्ण काम हो । भारतीय सहयोगमा निर्माण भएको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटर रेल सञ्चालनका लागि सरकारले ८५ करोड रुपैयाँमा भारतबाट हतार हतार रेल किनेर ल्यायो । तर, रेल सञ्चालनका लागि न आवश्यक कानून बनायो न त अन्य तयारी नै गर्‍यो । रेल चलाउन सक्ने जनशक्ति नभएको अवस्थामा रेल किनिएसँगै यसबारे पनि सोचिनुपर्थ्यो । भारतीय प्रावधिक ल्याएर सञ्चालन गर्ने कुरा कम्पनीले बताउँदै आएको छ । त्यस्तो तयारी हो भने रेल किनिएसँगै यसबारे पनि सम्झौता गर्न सकिन्थ्यो । यसले सरकारले कहिल्यै पनि दूरगामी सोचेर राखेर काम गर्दैन, प्रचारबाजीमात्रै रोज्छ भन्ने मान्यतालाई पुष्टि गरेको छ । टिकट विक्रीबाट सञ्चालन खर्च जुटाउनसमेत नसकिने अवस्थामा अनुदानमा बनाइएको रेलवेको औचित्यसमेत पुष्टि गर्न गाह्रो देखिन्छ । कुरा रेल सञ्चालनको मात्रै होइन । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानका लागि विमान अभाव भएकाले सरकारको जमानीमा ऋणमा वाइडबडी विमान किन्योे । वाइडबाडी आएपछि यति व्यवसाय हुन्छ नाफा हुन्छ भनी सरकारलाई आश्वस्त पनि पार्‍यो । तर, उडान गन्तव्य भने खोज्दै खोजेन । अहिले निगमले यो किन्नका लिएको ऋणको साँबा ब्याज बुझाउन सकेको छैन र सरकारबाट अनुदानको अपेक्षा गरेर बसेको छ । पोखरा विमानस्थलको निर्माण कार्य धेरै नै अगाडि बढेको छ तर विमानस्थल सञ्चालनका बारेमा तयारी केही पनि देखिएको छैन । भैरहवा विमानस्थल पनि अन्तिम चरणमा पुगिसकेको छ तर त्यसको सञ्चालन मोडालिटी अझै तय भएको छैन । स्थानीय नेताको दबाबमा बनेको विभिन्न विभिन्न विमानस्थल सञ्चालन नै हुन सकेका छैनन् । दबाबमा केही ठाउँमा उडान भए तिनले व्यवसाय राम्ररी पाउन सकेको देखिँदैन । निगमका लागि चीनबाट ल्याइएका विमान अहिले घाँडो साबित भएको छ जसको व्यवस्थापन कसरी गर्ने भन्नेमा निगम र सरकारको टाउको दुखाइ भएको छ । अझ वर्तमान सरकार त हचुवाका भरमा विभिन्न आयोजनाहरूको उद्घाटन र शिलान्यास गरिरहेको छ । काम केही अगाडि नबढे पनि देशभर स्वास्थ्यचौकी भवन उद्घाटन भयो, रणनीतिक महत्त्वको भनी सडक सञ्जालको उद्घाटन गरियो । बहुप्रतीक्षित मेलम्चीकै उद्घाटनका लागि हतार गरियो तर वितरण प्रणाली नै बनिसकेको छैन । कुनै पनि आयोजना बनाउँदा त्यसबाट सम्भावित प्रतिफल हेरी लगानी उपयुक्त हुने नहुने हेर्ने गरिन्छ । तर नेपालमा वस्तुनिष्ठ र तथ्यमा आधारित भएर यस्तो विश्लेषण भएको निकै कम पाइन्छ । भेरी बबई सिँचाइ आयोजना छिटो सम्पन्न गर्ने भने सुरुङ खन्न टीबीएम ल्याइयो, सुरुङ पनि खनियो तर अन्य काम सुस्त हुँदा त्यो प्रयोजनविहीन बनेको छ । हतारमा टीबीएम ल्याएर सुरुङ खन्नुको औचित्य केही पनि देखिएको छैन । भारतले कुर्थादेखि जनकपुर हुँदै बर्दिवासम्म बनाइदिने गरी सम्झौता भएको रेलवे ट्र्याकबेड पूरै बनिसकेकै छैन । पहिलो चरणमा जयनगरसम्म रेल सञ्चालन गर्ने भनी हतारमा रेल किनियो । रेल ल्याएको ७ महीना नाघिसकेपछि कम्पनीले रेल सञ्चालनका लागि भारतीय कोनकोन रेलवेसँग सम्झौता गरेको छ । हामीसँग जनशक्ति अभाव भएको अवस्थामा यसो गर्नु अन्यथा होइन । तर, यस्तो सम्झौता रेल ल्याउँदा नै गरेको भए अहिलेसम्म थोरै भए पनि कम्पनीले आमदानी गर्न सक्थ्यो । रेल सञ्चालनका लागि रू. ३५ करोडमा सम्झौता भएको भनिएको छ । तर, यसबाट रू. १० करोड पनि आम्दानी नहुने अनुमान कम्पनीको छ । टिकट विक्रीबाट सञ्चालन खर्च जुटाउनसमेत नसकिने अवस्थामा अनुदानमा बनाइएको रेलवेको औचित्यसमेत पुष्टि गर्न गाह्रो देखिन्छ । हो, यसले ढुवानीको लागत र समयको बचत हुन्छ । त्यसो हुँदा प्रकारान्तरले अर्थतन्त्रलाई फाइदा पुग्छ । केही समयका लागि सञ्चालनको जिम्मा अरूलाई दिएर आफ्नो जनशक्ति तयार गर्दै जानुपर्छ । यसमा पनि चुकियो भनेचाहिँ रेल सञ्चालन मुलुकका लागि थप बोझ बन्न पनि सक्छ ।