भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्री अभाव

वीरेन्द्रनगर । कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा निर्माण सामग्रीको अभाव हुन थालेको छ । निषेधाज्ञाका कारण निर्माण सामग्रीसहित कामदारको समेत अभाव हुन थालेको आयोजनाले जनाएको छ । ‘निषेधाज्ञाका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ । अहिले रड (सरिया) र सिमेन्ट अभाव भएको छ’, आयोजनाका इन्जिनियर एवं सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने । आयोजनाले ३२–३३ एमएमका सरिया प्रयोग गर्दै आएको छ । तर, बजारमा उक्त साइजका सरिया पाइँदैनन् । सरियाका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ । प्रयोगशालामा गुणस्तर पास भए मात्रै सरिया प्रयोगमा ल्याइन्छ । यदि गुणस्तर नभए आयोजनाले सरिया कम्पनीमै फिर्ता पठाइदिने गरेको छ । कोरोनाका कारण निर्माण कम्पनीमा उत्पादन बन्द हुनु र बजारमा ठूलो तथा गुणस्तरीय सरिया नपाएकै कारण आयोजनालाई सरिया अभाव भएको हो । तिवारी भन्छन्, ‘कोरोनाका कारण निर्माण कम्पनी बन्द हुँदा सरिया अभाव भएको हो ।’ आयोजना निर्माणको पूर्वनिर्धारित समय सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । आयोजनाले सरिया प्रयोग हुनेबाहेकका काम जारी राखेको छ । आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन । कोरोनाकै कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समय आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ । ‘एक महिना निषेधाज्ञा हुँदा तीन महिना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ ।’ पूर्वनिर्धारित समयअनुसार आर्थिक वर्ष ०७९/८० मा आयोजना सम्पन्न भइसक्नुपर्छ । तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका छ । पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ । अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । पूर्वनिर्धारित समय आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ । सुरुङ निर्माणजस्तो जटिल कार्य सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ । उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न भएको थियो । तर, दोस्रो चरणको काम सुस्त छ । दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । त्यसमा महत्वपूर्ण मानिएको विद्युत्गृह निर्माणको काम झनै सुस्त छ । बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन । नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्नेछ । पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महिना मात्रै बाँधको काम गर्न सकिन्छ । बाँध र पावर हाउस (विद्युत्गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन् । भेरी नदीको पानी भेरीगंगा नगरपालिका–९ चिप्लेबाट वडा नम्बर १ को हात्तीखाल बबईमा खसालिनेछ । आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ ।  

सम्बन्धित सामग्री

झिमरुक गाउँपालिकाले सडकमा निर्माण सामग्री राख्न नदिने

स्वर्गद्वारी– झिमरुक गाउँपालिकाले पालिकाका बजार क्षेत्रभित्रका सडकमा कुनै किसिमका निर्माण सामग्री राख्न नदिने भएको छ ।  प्यूठान नगरपालिकाको सीमा देखि अर्घाखाँची र गुल्मको सिमानासम्म पालीकाले आवागमन सहज बनाउन सडक खाली गराउने जनाउँदै १० दिन भित्रमा राखिएका सामान  हटाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।  स्थानीयले सडकमा जथाभावी निर्माण सामग्री थुपारेर आवागमन असहज भएपछि पालिकाले आज […]

धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुँदै

कैलालीको धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेला हुने भएको छ । कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा १० असोजदेखि १४ सम्म धनगढीको चटकपुरमा मेला हुन लागेको हो । प्रदर्शनीमा निर्माण सामग्री...

धनगढीमा निर्माण सामग्री प्रदर्शनी मेला हुने

धनगढीमा निर्माण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेला हुने भएको छ। कैलाली हार्डवेयर व्यवसायी संघको आयोजनामा आगामी १० देखि १४ असोजसम्म धनगढीको चटकपुरमा मेला हुन लागेको हो। संघले मंगलबार पत्रकार सम्मेलन...

स्वीकृती नलिई सडकमा निर्माण सामग्री राखे जरिवाना गर्ने निर्णय

धरान उपमहानगरपालिका क्षेत्रभित्र स्वीकृति नलिई सडकपेटीमा भवन तथा अन्य संरचनाको निर्माण सामग्री राखे जरिवाना गरिने भएको छ। शुक्रबारबसेको कार्यपालिका बैठकले सडकमा निर्माण सामग्री राख्नुपरे वडा कार्यालयबाट पुर्वस्वीकृति लिनुपर्ने र स्वीकृति नलिई राखेमा जरिव...

चीनबाट तीन दिनमा ३३ गाडी निर्माण सामग्री भित्रियो

सिमकोट – उत्तरी चीनसँगको सिमाना हिल्सा नाकाबाट पुनः तीन दिनमा ३३ गाडी निर्माण सामग्री आयात भएको छ। चीनले हिल्सा नाका एकतर्फी खुला गरेपछि यी सामग्री भित्रिएका हुन्। चीनले तीन दिन गरी ३३ वटा ट्रक र साना गाडीमा निर्माण सामग्री हिल्सामा भित्रिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिइन्। जुुन सामग्री पुुस २९ गते नौ, ३० […]

फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउँदै वीरगञ्ज महानगर

वीरगञ्ज महानगरपालिकाले नगरका विभिन्न स्थानका फुटपाथ र नालामाथि राखेका निर्माण सामग्री हटाउने कामलाई तीब्रता दिएको छ । सडक छेउ, फुटपाथ र नालामाथि जथाभावी निर्माण सामग्री तथा ठेला राखेर व्यवसाय गर्दा पैदल हिँड्न र सवारी दुर्घटनासमेत हुन सक्ने देखिएकाले महानगरले त्यसलाई हटाउन थालेको हो ।महानगरले शनिबार बिहान वडा नम्वर ४ विर्ता क्षेत्रमा जथाभावी राखिएका निर्माण सामग्री हटाउनुका साथै लामो समयदेखि सडक छेउमा बेवारिसे अवस्थामा पार्किङ गरेर राखिएको एउटा एम्बुलेन्स पनि हटाएको छ । एडभान्स हस्पिटलले लामो सम

सेनाको हेलिकप्टरबाट कर्णाली करिडोर सडकका निर्माण सामग्री ढुवानी सुरु

सिमकोट – कर्णाली करिडोरको हुम्ला खण्डअन्तर्गत दुल्लीकुनादेखि लालीबगरसम्मको सडक निर्माणका लागि नेपाली सेनाले निर्माण सामग्री ढुवानी सुरु गरेको छ। सरकारले उक्त खण्डको निर्माणको जिम्मा नेपाली सेनालाई दिएको थियो। सोहीअनुसार सेनाले हेलिकप्टरमार्फत निर्माण सामग्री ढुवानी सुरु गरेको हो। निर्माण दलमा खटिएका सहसेनानी डिल्लीराम सापकोटाले हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी सुरु भएको जानकारी दिए। सेनाको टोली सडक निर्माण […]

अवैध पार्किङ तथा निर्माण सामग्री हटाउन महालक्ष्मी नगरपालिकाको सूचना

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिकाले सडक किनारमा राखिएको निर्माण सामग्री र पार्किङ हटाउन आग्रह गरेको छ । ग्वार्को–लामाटार सडक खण्डको मूल सडक तथा अन्य सहायक सडकमा अनधिकृत रूपमा निर्माण सामग्री राखेको तथा पार्किङ गरेको गुनासो आइरहेको भन्दै नगरपालिकाले सूचना निकालेर पार्किङ र निर्माण सामग्री हटाउन आग्रह गरेको हो ।  नगरपालिकाको आग्रहलाई बेवास्ता गरेमा पार्किङ गरेका सवारी साधन र निर्माण सामग्री हटाउने र त्यसबापतको खर्च सम्बन्धित धनीबाटै भराउने नगरपालिकाले चेतावनी दिएको छ । महालक्ष्मी नगरपालिकामा प...

क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग

३० चैत, चितवन । पाल्पाको तिनाउ टिपर व्यवसायी संघले चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई ५३ टिपर निर्माण सामग्री सहयोग गरेको छ । व्यवसायी संघमा आवद्ध २९ वटा कन्स्ट्रक्सन कम्पनीहरु मिलेर रंगशालाका लागि सो परीमाणको निर्माण सामग्री सहयोेग गरिएको हो । आइतबार दिउँसो ५३ वटा टिपरले तिनाउबाट निर्माण सामग्री बोकेर चितवनको भरतपुरस्थित रंगशाला भित्रिएका […]