साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नति तीव्र, ७०% काम पूरा

माघ १८, खोटाङ । साकेला गाउँपालिकाबाट छिमेकी जिल्ला भोजपुर जोड्ने साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।  प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय प्रदेश नं १ अन्तर्गत पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरको रू. ३२ करोड ३६ लाख लगानी रहेको उक्त सडकको २८ किलोमिटर सडकखण्ड स्तरोन्नति थालिएको हो । मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा निर्माण गरिएको उक्त सडकमा अहिले सवबेसको काम धमाधम भइरहेको छ । दिवा–आजाद जेभी बानेश्वर काठमाडौंले ठेक्का लिएको उक्त सडक स्तरोन्नतिको काम करीब ७० प्रतिशत पूरा भएको ठेकेदार कम्पनीले जानकारी दिएको छ ।  स्तरोन्नतिको काम भइरहेको सडकखण्डमा दोहोरो गाडी सञ्चालन हुने गरी सडक फराकिलो पार्ने, नाली निर्माण गर्ने तथा जाली भर्ने काम सम्पन्न भइसकेको ठेकेदार कम्पनीका प्रतिनिधि प्रेम मल्लले बताए ।  ‘स्ट्रक्चरको काम सम्पन्न भएका ठाउँमा पहिलो लेयरको ग्राभेल गर्ने काम भइरहेको छ’, उनले भने, ‘अहिले दक्ष जनशक्तिसहित करीब ७५ देखि ८० कामदार लगाएर तीव्रगतिमा सडक स्तरोन्नतिको कामलाई अगाडि बढाइएकाले आगामी जेठ मसान्तभित्र सबै काम सम्पन्न गरेर सम्बन्धित कार्यालयलाई बुझाउने तयारी गरेका छौँ ।’ विसं २०७६ मंसिर ३० गते सम्झौता भएर स्तरोन्नतिको काम शुरु गरिएको सडकको भौतिक प्रगति हेर्दा तोकिएको समयभन्दा अगाडि सम्पन्न हुने देखिन्छ । सडक स्तरोन्नतिको काम सम्पन्न गर्नुपर्ने मिति विसं २०७९ मंसिर मसान्तसम्म रहेको ठेकेदार कम्पनी र पूर्वाधार विकास आयोजना कार्यालय उदयपुरसँगको सम्झौतामा उल्लेख छ । सडक स्तरोन्नतिको काम तीव्रगतिमा भइरहे पनि उक्त सडकको गुणस्तरमा कमी भएको स्थानीय बासिन्दाले गुनासो गर्दै आएका छन् । स्थानीय बासिन्दाबाट गुणस्तरहीन निर्माण सामग्री प्रयोग भइरहेको गुनासो आएपछि तत्काल ठेकेदार कम्पनीलाई लिखितरूपमै पत्राचार गरेर गुणस्तर कायम गर्न र स्तरोन्नतिको काम छिटो सम्पन्न गर्न आग्रह गरिएको गाउँपालिकाले जानकारी दिएको छ । स्तरोन्नति भइरहेको उक्त सडक सञ्चालनमा आएपछि भोजपुरको टेम्केमैयुङ र रामप्रसाद राई गाउँपालिका तथा खोटाङको साकेला र खोटेहाङ गाउँपालिकाका यात्रु सहजरूपमा राजधानी काठमाडौंलगायतका जिल्ला आवतजावत गर्न पाउने गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले बताए ।  ‘स्तरोन्नति भइरहेको सडक छिटो सम्पन्न गराउन र गुणस्तर कायम गराउन गाउँपालिकाको तर्फबाट निरन्तर अनुगमन गरेर खबरदारी गर्ने काम भइरहेको छ’, उनले भने, ‘अन्य योजनामा भन्दा साप्सुखोला–मानेभञ्ज्याङ–पाँचधारे सडक छिटो र गुणस्तरीय हुने अपेक्षा गरेका छौँ ।’  गाउँपालिकाभित्र निर्माण गरिएका अन्य सडकसमेत हिउँद तथा वर्षा बाह्रै महिना सञ्चालन हुने गरी स्तरोन्नति गर्ने काम भइरहेका छन् । गाउँपालिकाको आफ्नै लगानीमा अन्य सडकभन्दा पहिलो प्राथमिकतामा राखेर बाँझेच्यानडाँडा–मानेभञ्ज्याङ–छितापोखरी र कात्तिके–रतन्छा–बाँझेच्यानडाँडा सडक स्तरोन्नतिको काम तीव्रगतिमा अगाडि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन मगरले बताए । साकेला गाउँलालिकामा निर्माण गरिएका अधिकांश ग्रामीण सडकमा हिउँद वर्षा बाह्रै महिना यातायात सञ्चालन हुने गरेको छ । गाउँपालिकाभित्र निर्माण गरिएका सबै सडकमा बाह्रै महीना सहजरूपमा यातायात सञ्चालन भएपछि यात्रु तथा दैनिक उपभोग्यवस्तु ढुवानीमा समेत सहज भएको स्थानीय बासिन्दा एवम् नेकपा (माओवादी केन्द्र) गाउँपालिका समितिका सचिव नवीन राईले बताए ।  जिल्लाको सबैभन्दा सानो (पाँचओटा मात्रै वडा रहेका) स्थानीय तह उक्त साकेला गाउँपालिकामा ‘एक वडाबाट अर्को वडा तथा एक गाउँबाट अर्को गाउँ’ जोड्ने गरी सडक निर्माण गरिएका छन् ।  साकेला गाउँपालिकालाई मध्यपहाडी लोकमार्ग तथा जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दिक्तेल–खोटाङबजार हरित सडकले समेत छोएको छ ।  गुणस्तरीय ग्रामीण सडक निर्माणमा अन्य स्थानीय तहभन्दा अगाडि देखिएको साकेला गाउँपालिका जोड्ने साप्सुखोलामा यसअघि नै मोटरेबल पक्की पुल निर्माण गरेर सञ्चालनमा ल्याइ सकिएको छ ।  राष्ट्रिय सडक सञ्जाल गाउँपालिकाका हरेक गाउँमा जोडिएसँगै स्थानीय कृषकले उत्पादन गरेका कृषि उपज निर्यातमा सहज भएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए । रासस

सम्बन्धित सामग्री

जैमिनीको कृषि सडक स्तरोन्नति

गलकोट (बागलुङ), २९ फागुन । जैमिनी नगरपालिकाको ठूलो क्षेत्र ओगट्ने कृषि सडकको स्तरोन्नति सुरु गरिएको छ । कृषि क्षेत्रको उत्पादनको बजारीकरणमा सहज होस् भन्ने उद्देश्यले सो सडक स्तरोन्नति सुरु गरिएको हो । राम्रो कृषि उत्पादन हुने भू–भाग जोडिएको सो सडकलाई ‘कृषि सडक’ नामकरण गरी स्तरोन्नति सुरु गरिएको जैमिनी नगरपालिकाले जनाएको छ । सो सडकखण्डले नगरपालिकाका […]

चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति सुरु

चन्द्रागिरि–चित्लाङ सडक स्तरोन्नति सुरु भएको छ । संघीय सरकारले आवश्यक बजेट दिएपछि सडक डिभिजन काठमाडौंले स्तरोन्नति तथा मर्मत–सम्भार सुरु गरेको हो । सडक विभागका महानिर्देशक सुशीलबाबु श्रेष्ठका अनुसार अर्थ मन्त्रालयले ६ करोड दिने...

पुरानो पदमार्गलाई बचाउँदै सडक स्तरोन्नति

बेनी (म्याग्दी), १५ भदौ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले पर्यटकीयस्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताएका छन् । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६ घोडेपानीका बासिन्दासँग बिहीबार भएको भेटघाटका क्रममा उनले भने “कास्कीको पर्यटकीयस्थल घान्द्रुुक जोड्ने सडक स्तरोन्नति गर्न चालुु आर्थिक वर्षमा बहुुवर्षीय ठेक्का लाग्ने गरी चार करोड […]

सुनकोसीका सबै सडक स्तरोन्नति हुँदै

१ चैत्र । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाभित्रका सबै कच्ची सडक स्तरोन्नति गर्न थालिएको छ । वडा नं १ देखि ७ सम्मका सबै कच्ची सडक मापदण्डअनुसार छ मिटर चौडासहित स्तरोन्नति गर्न थालिएको हो । उक्त सडकखण्डमा बाह्र महिनानै यातायातका साधन सञ्चालन हुने गरी स्तरोन्नतिको काम गर्न थालिएको गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमल्सिनाले जानकारी दिए । उनका अनुसार सडक […]

अब ५० किलोमिटरसम्मको सडक स्तरोन्नति गर्न ‘इआइए’ गर्न नपर्ने

५० किलोमिटरसम्मको राष्ट्रिय राजमार्ग तथा सहायक सडक स्तरोन्नति गर्न प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन (आइइई) गरे पुग्ने भएको छ। ५० किलोमिटरभन्दा माथिका राजमार्ग तथा सहायक सडक स्तरोन्नतिका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए)...

जमुनाह-राँझा सडक स्तरोन्नति

नेपालगन्जको जमुनाहदेखि राँझासम्म झण्डै ११ किलोमिटर सडक स्तरोन्नति कार्य दु्रत गतिमा अघि बढाइएको छ । रत्न राजमार्गअन्तर्गत जमुनाह–राँझा सडक स्तरोन्नति (अस्फाल्ट ओभरले) निर्माण तीव्र रूपमा भइरहेको हो । सडक डिभिजन नेपालगन्जअन्तर्गत उक्त सडक निर्माणका साथै विभिन्न पाँच स्थानमा आकासे पुल निर्माण र सडक बत्ती, ट्राफिक लाइट निर्माणका काम एकसाथ अघि बढाउने प्रकृया थालिएको छ । […]

ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति गरिँदै

मल्मदेखि पाण्डवखानीसम्मको करिब पाँच किलोमिटर कच्ची सडक स्तरोन्नति हुने भएपछि स्थानीयसमेत खुसी भएका छ। ट्र्याक खुलेको १६ वर्षपछि सडक स्तरोन्नति हुन लागेको हो।...

चार लेन सडक स्तरोन्नति गर्न शिलान्यास

नेपालगन्ज–गुलरिया चार लेन हुलाकी सडक स्तरोन्नति प्रक्रिया अगाडि बढेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक स्तरोन्नतिका लागि टेण्डर आह्वान गरेपछि निर्माण प्रक्रिया अगाडि बढेको हो । कुल ३५ किलोमिटर लम्बाइ रहेको उक्त सडक स्तरोन्नति गर्ने कार्यको भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बिहीबार शिलान्यास गरेका हुन् । सडक शिलान्यास कार्यक्रममा मन्त्री राईले […]

बेल्वाजब्दी सडक स्तरोन्नति

सर्लाहीको गोडैता नगरपालिका–२ बेल्वाजब्दीमा ३९ लाखको लागतमा २.३ किलोमिटर सडकको स्तरोन्नति गरिएको छ ।मेयर देवेन्द्रकुमार यादवको पहलमा प्रदेश सरकारको शशर्त अनुदानबाट हुलाकी सडकअन्तर्गतको बिर्ता चौकदेखि नहरबाटो हुँदै बेल्वाब्दी टोलसम्मको सडक स्तरोन्नति गरिएको हो ।सडक निर्माणले आम नागरिकलाई आवतजावतमा सहज भएको स्थानीयवासी मुकेश ठाकुरले बताए । वर्षात्को समयमा सडक हिल्लामे र हिउँदा धुल्लाम्य हुँदा कृषि सामग्री […]

तस्वीर : मुस्ताङको लेते क्षेत्रमा सडक स्तरोन्नति गर्दै मजदुर

बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत मुस्ताङको लेते क्षेत्रमा सडक स्तरोन्नति गर्दै मजदुर । तस्वीर: रासस