बिमा समितिले चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएपछि प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरको सम्झौता भएको छ । तीन बिमा कम्पनीबीच बिहीबार एकआपसमा गाभिने सहमति भएको हो ।तीनै कम्पनीका अध्यक्षहरुले सहमतिपत्रमा हस्ताक्षर गरेर कम्पनीको पुँजीगत आधारलाई मजबुत र सुदृढ गरी प्रतिस्पर्धात्मक क्षमताको विकास गर्दै बीमित, लगानीकर्ता लगायत सरोकारवालाहरुको दीर्घकालीन हित […]