‘गुराँस गार्डेन’ मै फुलेन गुराँस !

दाङ – वसन्त ऋतुको आगमनसँगै रातै देखिने रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्रको गढीलेख तथा खम्वास गुराँस गार्डेनमा यस पटक गुराँस फुल्न सकेको छैन । माैसममा आएकाे परिवर्तनका कारण गुराँस फुल्न नपाएपछि वसन्त ऋतुको आभाससमेत हुन सकेको छैन । रोल्पाको गढीलेख तथा खम्वास क्षेत्रमा फुल्ने गुराँसका कारण हरेक वर्ष चर्चामा आउने गरेको थियो । गुराँस फुलेर रमणीयस्थल बन्ने समय भए पनि यस वर्ष लालीगुराँस फुल्ने मौसम सुरु भए पनि नफुल्दा प्राकृतिक सुन्दरता नै नदेखिएको स्थानीयवासी बताउँछन् । गुराँस संरक्षण क्षेत्रमा रहेका जङ्गलमा फुलेका ग...