विभिन्न प्रजातिका गुराँसका फूलले ढकमक्क हुने उच्च पहाडी क्षेत्रमा यसवर्ष रौनक छैन । गुराँस नफुलेपछि पर्यटकको उपस्थिति पनि कम देखिएको छ । कुल ३२ प्रजातिका गुराँस पाइने पाँचथरको याङवरक गाउँपालिका–१ सुकाढाप तथा लामपोखरी क्षेत्रमा यसवर्ष छिटफुट मात्रै गुराँस फुलेको देख्न पाइन्छ । सीमित रुखमा मात्रै गुराँस फुल्नुका साथै फुलेका रुखमा पनि ढकमक्क गुराँस भेट्न पाइन्न […]