मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा आफ्ना दुई नाबालिका छोरीहरुको हत्या आरोपमा अस्मिता पौडेल (कार्की) कारागार चलान भएकी छिन् । मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश पारसमणि पोखरेलको इजलासले २१ वर्षीया अस्मितालाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो ।मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार, तत्काल प्राप्त प्रमाणका आधारमा पछि...