नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने, खाजा समयमा पनि काम गर्ने

काठमाण्डाै - सरकारले असमान रुपमा तलबमान बढाएको भन्दै विरोधमा उत्रिएका नायब सुब्बा अर्थात नासुहरुले आज एक घण्टा पेन डाउन गर्ने भएका छन् । बिहान १० बजेदेखि ११ बजेसम्म सबै सरकारी कार्यालयका नासुहरुले एक घण्टा पेन डाउन गर्ने नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलले बताउनुभयो । उहाँकाअनुसार बिहान एक घण्टा विरोध कार्यक्रममा बसेको क्षतिपूर्तिस्वरुप दिउँसो १ बजेदेखि २ बजेसम्मको खाजा समयमा सबै नासुहरुले काम गर्नेछन् । नासुहरुले हिजो बिदामा बसेर साङ्केतिक रुपमा सरकारको विरोध गरेका थिए । नासुहरु बिदामा बस्...

सम्बन्धित सामग्री

आजबाट अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्ने आन्दोलनरत कर्मचारीहरुको चेतावनी

काठमाडौं, १९ असोज। स्थानीय तहका कर्मचारीहरूले शुक्रबारदेखि आन्दोलनलाई अझैँ सशक्त बनाएका छन्। उनीहरुले ७५३ वटै स्थानीय तहमा अत्यावश्यक बाहेकका सबै काम ठप्प पार्दै अनिश्चित कालिन पेन डाउन गर्न लागेका हुन्। संसद्मा पेस हुने तयारीमा रहेको संघीय निजामती ऐनप्रति असन्तुष्ट जनाउँदै गएको आइतबारदेखि आन्दोलनरत उनीहरुले माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी सरकारलाई दिएका छन्।

देशभरका नासु आज पनि आन्दोलनमा

काठमाडौँ । कर्मचारीको वृत्ति विकासलगायतका माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैँ नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्। सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। नासु लगायत राजपत्र […]

देशभरका नासु आज पनि आन्दोलनमा

काठमाडौं : कर्मचारीको वृत्ति विकासलगायत माग राख्दै देशैभरका नायव सुब्बाहरू आन्दोलित भएका छन्। आइतबार नासुहरूले सिंहदरबारमा ‘काम गर्दा सधैं नासु तर झार्नुपर्ने आँशु’ लेखेको प्लेकार्डसहित आन्दोलन गरिरहेका छन्। सिंहदरबारस्थित विभिन्न मन्त्रालय र तीनै तहका सरकार अन्तर्गत कार्यालयमा कार्यरत नासुहरूले चरणवद्ध रुपमा आन्दोलन गरिरहेका छन्। यस अघि पेन डाउन, बिदा बस्दै आएका थिए। नासु लगायत राजपत्र अनङ्कित कर्मचारीको वृत्ति विकासमा सरकारले ध्यान दिनुपर्ने माग रहेको निजामति कर्मचारी युन

पश्चिम नवलपरासीका नासुद्वारा असमान तलबको विरोधमा पेनडाउन

असमान तलबमानको विरोधमा पश्चिम नवलपरासीमा कार्यरत नायब सुब्बाहरुले बुधबार पेन डाउन गरेका छन् । मगंलबार विरोध स्वरुप जिल्लाभरीमा नासु विदामा बसेर विरोध जनाएका थिए । जसको कारण मंगलबार जिल्ला भरको सरकरी काम प्रभावित भएको थियो ।

असमान तलब वृद्धिको विरोधमा आज पनि ‘पेन डाउन’ गर्दै नायब सुब्बाहरू

सरकारले असमान रुपमा तलब बढाएपछि नायब सुब्बाहरू विरोधमा उत्रिएका छन् । शाखा अधिकृतभन्दा माथिल्लो पदका कर्मचारीको तलब बजेट वक्तव्यमा उल्लेख भयभन्दा धेरै बढाइएपछि नायब सुब्बाहरू मंगलबारदेखि आन्दोलनमा छन् । तलबमान वृद्धि समान हुनुपर्ने उनीहरुको माग छ । नायब सुब्बाहरूले आज बिहान बिहान १० बजेदेखि ११ बजेसम्म पेन डाउन गर्ने भएका छन् । नेपाल निजामती कर्मचारी युनियनका महासचिव जनक रावलका अनुसार खाजा खाने समय (दिउँसो १ बजेदेखि २ बजेसम्म) सबै नासुहरूले काम गर्नेछन् ।

सिंहदरबारका नायव सुब्बाहरूद्वारा पेन डाउन

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वमन्त्री झाँक्रीले आफू मन्त्री रहँदा योजनावद्ध रूपमा काम गरेको र अन्य विकासे मन्त्रालयको तुलनामा पुँजीगत खर्चमा उल्लेख्य प्रगति गरेको दाबी गर्नुभएको हो ।

सिंहदरबारका नासुदेखि तल्लो तहका कर्मचारीको तलब नबढेको भन्दै पेन डाउन

सिंहदरबारका नायव सुब्बाहरूले सोमबारदेखि पेन डाउन सुरु गरेका छन् । नासुभन्दा माथिल्लो तहका कर्मचारीको तलब बढेपनि त्योभन्दा तल्लो तहका कर्मचारीको तलबमान कम भएपछि आन्दोलन गर्नुपरेको निजामति कर्मचारी संगठनका कार्यवाहक अध्यक्ष भोलानाथ पोखरेलले बताए । सरकारले प्रस्तावित संघीय निजामति ऐनमा आफूहरुको माग सम्बोधन नगरेको भन्दै  सोमबारदेखि आन्दोलन सुरु गरेको पोखरेलले बताए ।उनीहरुले नासुमा काम गरेको १० वर्ष पुगेकालाई एक तह, १० वर्षभन्दा बढी काम गरेकालाई दुई तह बढुवा गर्ने व्यवस्था गर्नुपर्ने माग रा

दुर्गम भत्ता नदिएको भन्दै आन्दोलन

अतिरिक्त सेवा सुविधा नदिएको तथा दुर्गम क्षेत्र निर्धारण गरी प्रोत्साहनको लागि मापदण्ड बनाइदिने सरकारको आश्वासन कार्यान्वयन नगरिएको भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्राविधिकहरू आन्दोलित भएका छन् । माग पूरा नगरे कालोपट्टी बाँधी कार्यक्षेत्रमा काम गर्ने, पेन डाउन गर्ने र औपचारिक रूपमा सम्पूर्ण कर्मचारीले राजीनामा दिने घोषणा गरेका छन् ।

सुरक्षाको माग गर्दैै पेन डाउन

जिल्लाको युनिभर्सल मेडिकल कलेजमा अध्ययनरत विद्यार्थी तथा डाक्टरहरूले सुरक्षाको माग गर्दै पेन डाउन गरेका छन्। स्टुडेन्ट वेलफेयर कमिटीले सोमबार डाक्टरमाथि भएको आक्रमणलाई लिएर काममा सुरक्षाको ग्यारेण्टीको माग गर्दै दोषीलाई कारवाही नभए सम्म कुनै पनि काम नगरी पेन डाउन गरेका हुन्। स्वास्थ्य सेवा दिइरहेका डाक्टरलाई कार्यकक्षमै निर्घात कुटपिट गरेको र डराउँदै काम गर्नु वातावरण नहटेसम्म आफूहरुले काम नगरि कालोपट्टी बाँधेर विरोधमा उत्रिएको उनीहरुले बताए।