पश्चिम नवलपरासीका नासुद्वारा असमान तलबको विरोधमा पेनडाउन
असमान तलबमानको विरोधमा पश्चिम नवलपरासीमा कार्यरत नायब सुब्बाहरुले बुधबार पेन डाउन गरेका छन् । मगंलबार विरोध स्वरुप जिल्लाभरीमा नासु विदामा बसेर विरोध जनाएका थिए । जसको कारण मंगलबार जिल्ला भरको सरकरी काम प्रभावित भएको थियो ।
१५ जेठ, दाङ । मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् । पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका-५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् । डिल्लीराज खनालले सरकारले […]
पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियु र युवा संघ नेपालले मंगलबार विरोध प्रदर्शन गरेको छ । राजधानीमा आयोजित प्रदर्शनमा उनीहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् । प्लेकार्डसहित विरोधमा उत्रिएका उनीहरूको प्रहरीसँग केही बेर घम्साघम्सीसमेत परेको थियो ।
खोटाङ – खोटाङमा कांग्रेस नेतामाथि आक्रमण भएको विरोधमा गठबन्धन दलले एक दिनका लागि गाउँपालिका बन्द गरेको छ ।
गएकाे बुधवार राति ९ बजे जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारको एक होटलमा एमाले सम्बद्ध कार्यकर्ताले कांग्रेस नेता देवराज बस्नेतमाथि आक्रमण गरेको विरोधमा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले आज शुक्रवार गाउँपालिका बन्द गरेको हो ।
नेता बस्नेतमाथि साङ्घातिक आक्रमणको विरोधमा गाउँपालिकाका स्वास्थ्य संस्थाबाहेकका सबै कार्यालय, व्यापार–व्यवसाय, सङ्घ&...
काठमाडौं, ४ फागुन । अमेरिकी सहयोगसम्बन्धी एमसीसीको विरोधमा एक दर्जनभन्दा बढी दल देखि विभिन्न समूहहरु विरोधमा उत्रिएका छन् । आज विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ५ दलीय मोर्चाले बन्द आव्हान गरेका छन् । आजै माइतीघर मण्डलामा दर्जन समूहले प्रदर्शनको कार्यक्रम राखेका छन् । उनीहरुले एमसीसी सदनमा टेबल नगर्न र अनुमोदन नगर्न माग राखेका छन् । […]
काठमाडौं । कैलालीमा गएराती एक युवकको हत्या भएको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । कैलाली, लम्कीका भुपेन्द्र बडुवालको गएराती टीकापुर नगरपालिका–१ मा छुरा प्रहार गरी हत्या भएको छ । अपराधीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै स्थानीय वासिन्दाले लम्कीचुहामा राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्ध भएपछि सवारी साधनहरु लम्कीमै रोकिएका छन् भने […]
काठमाडौं, २२ भदौ । अमेरिकी सहयोग सम्झौता एमसीसीको विरोधमा काठमाडौंमा आजपनि प्रदर्शन भएको छ । त्रिभुवन विमानस्थल आसपासमा आज प्रदर्शन गरेका छन् । एमसीसी खारेज राष्ट्रिय अभियानले आज एमसीसीको विरोधमा प्रदर्शन गरेको हो । सरकारले एमसीसी संसद्बाट पारित गने तयारी गरिरहेको बेला त्यसको विरोधमा प्रदर्शन भएको हो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि पाँच विद्यार्थी संगठन विरोधमा उत्रिएका छन् । विश्वविद्यालयले चालू शैक्षिक सत्रदेखि विभिन्न संकायमा शुल्क वृद्धि गरेपछि जिल्लामा क्रियाशील विद्यार्थी संगठन विरोधमा रहेका हुन्...