झापा । कोशी प्रदेश सांसद उमाकान्त गौतमले झापाको विर्तामोडमा रहेको बीएण्डसी अस्पतालले उर्लाबारी आगलागी घटनामा गम्भीर घाइते भई जीवनमरणको अवस्थामा रहेका बिरामीलाई बन्धक बनाएको दाबी गरेका छन् । कोशी प्रदेशसभा बैठकमा मंगलबार विशेष समय लिएर बोल्दै उनले उर्लाबारीमा भएको आगलागीमा परी घाइते भएका १० जना बिरामीलाई अस्पतालले एक दिन बन्धक बनाएको आरोप लगाएका हुन् । […]