होम क्‍वारेन्टाइन बस्‍ने शर्तमा सिफारिस बोकेर काठमाडौं आउन पाइने

काठमाडौं : कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) ले अनिवार्य होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्डअनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित उपत्यका...

सम्बन्धित सामग्री

संघीय र प्रदेश सरकारका आयोजनामा राख्न पाइने बजेटको सीमा सिफारिस

२७ मंसिर, काठमाडौं । संघीय र प्रदेश सरकारबाट खुद्रे आयोजना घटाउने उद्देश्यले यी दुई तहका सरकारबाट सञ्चालन हुने आयोजनामा राख्न पाइने न्यूनतम बजेटको सीमा सिफारिस गरिएको छ । राष्ट्रिय सभा मातहतको संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले यी दुई निकायबाट सञ्चालन हुने आयोजनामध्ये खुद्रे आयोजना नपर्ने गरी बजेटको सीमा सिफारिस गरेको हो । […]

मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए । मतदाता […]

मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने

काठमाडौं । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले २० फागुनभित्र विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो । आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि सम्बन्धित जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने जानकारी दिए । […] The post मतदाता परिचयपत्र हराएको भए प्रतिलिपि पाइने appeared first on राजधानी राष्ट्रिय दैनिक.

शुद्ध हावाका लागि नासाबाट सिफारिस इन्डोर वनस्पति

काठमाडौं । बिहानको हिँडाइ (मर्निङ वाक) मा जाँदा, बाहिर घुम्दा वा कार्यालय आउजाउ गर्दा नै किन नहोस् । तपाईं–हामी स्वच्छ हावाको कुरा गर्न छुटाउन्नौं  । बढ्दो जनघनत्वसँगै बढेको सहरीकरणले धुवाँधुलो बढ्दो छ भने प्राकृतिक शुद्ध हावाको उपलब्धतामा प्रश्न उठ्ने गरेको छ । शुद्ध हावा घुमफिर गर्दा मात्र नभई हरहमेसा चाहिने तत्व हो । अझ हामीले जीवनको सबैभन्दा बढी समय बिताउने ठाउँ आफ्नै घरमा स्वस्थ हावा हुनु झन् जरुरी भइहाल्यो । सहरीकरण वा अन्य भौतिक विकासका कारण सिर्जित वायु प्रदूषणबाट हाम्रो घरलाई जोगाउन केही उपाय अवलम्बन गर्न सकिन्छ । त्यसको सहायक हुन सक्छ, घरभित्रै हुर्काउन सकिने इन्डोर वनस्पति । शुद्ध अक्सिजनका लागि हरियाली हुनुपर्छ भन्ने आम तथ्यका बीच पनि प्रदूषित हावालाई समेत शुद्ध गर्ने (यअर प्युरिफायर) बिरुवाको पहिचान विज्ञहरूले गरेका छन् ।  यसै अभियानमा सन् १९८९ मै प्रख्यात अन्तरिक्ष अध्ययन संस्था नासाले स्वस्थ वायु अध्ययन (क्लिन एयर स्टडिज) नामक एक अध्ययन गरी स्वस्थ हावाप्रदायक डेढ दर्जनभन्दा बढी शुद्ध हावा दिने वनस्पतिको सिफारिस गरेको पाइएको छ । खुसीको कुरा के भने यी अधिकांश वनस्पति कम प्रकाश हुने अर्थात् घरभित्रै पनि लगाउन सकिने खाले हुन् । नासाको तालिकामा उल्लेख गरिएमध्ये हाम्रै नजिकका व्यावसायिक नर्सरीमा पाइने पाँच प्रमुख वनस्पतिलाई यहाँ उल्लेख गरिएको छ ।  यिनीहरूलाई कम प्रकाश पुग्ने ठाउँ अर्थात् घरको भर्‍याङ, बरन्डा, अफिस कोठा, अध्ययन वा शयन कक्ष आदिमै गमलामा हुर्काएर प्रदूषित वातावरणसँग केही हदसम्म भए पनि जुध्न सकिन्छ ।   घिउकुमारी (अलोभेरा) हामी सबैमाझ परिचित परापूर्वकालदेखि औषधीय प्रयोजनका लागि प्रयोग हुँदै आएको अझ छालाजन्य रोगका निम्ति सबैभन्दा बढी गुणकारी वनस्पति अलोभेरा हो ।  छालालाई नरम बनाउन, घाम तथा अन्य मौसमी कारणबाट हुने क्षतिबाट बचाउने क्रिममा अलोभेरा अत्यावश्यक तत्वको रूपमा उपयोग गरिएको पाइन्छ । घरमा काम गर्दा हुन सक्ने सानातिना घाउ तथा चोटपटकको प्राथमिक उपचारकका रूपमा पनि अलोभेरा उपयोग हुँदै आएको छ ।  अलोभेराका अनेक गुणमध्ये यसले प्रदान गर्ने शुद्ध अक्सिजन पनि हो । अलोभेरालाई बगंैचाका साथै इन्डोर बिरुवाको रूपमा घरको उपयुक्त स्थानमा लगाउन सकिन्छ ।   सन्सेभेरिया (स्नेक प्लान्ट) नामजस्तै सर्पझैं छिर्केमिर्के देखिने स्नेकप्लान्ट इन्डोर वनस्पतिमध्ये पनि सबैभन्दा बढी वायू प्रशोधन गर्ने क्षमता भएको मानिन्छ ।  स्नेक प्लान्टमा अन्य इन्डोर बिरुवामा भन्दा बढी  हावामा रहेका किटाणु नष्ट गर्ने क्षमता हुन्छ भनिएको छ ।  यसर्थ, घर वा कार्यालयको उपयुक्त स्थानमा इन्डोर वनस्पतिको रूपमा स्नेक प्लान्ट लगाउनले इन्डोर वनस्पतिले कोठा सजाउने सोख पूरा गर्नुका साथै स्वस्थ वायुको स्रोतको रूपमा पनि काम गर्ने देखिन्छ । मनी प्लान्ट (पोथस) इन्डोर बिरुवामध्ये सबैभन्दा आम रूपमा देख्न पाइने, हेर्दा आकर्षक लहरे वनस्पति मनी प्लान्ट अर्को शुद्ध  वायुप्रदायक हो भन्दा विश्वास नलाग्न सक्छ । तर, विज्ञहरू यसमा विश्वास गर्छन् र नासाको अनुसन्धानले समेत त्यसलाई स्वीकारेको पाइएको छ ।  अरू वनस्पतिलाई झैं बढी स्याहर नचाहिने र असली गमलाबेगरै रिसाइकल गरिएको जुनसुकै साइजको प्लास्टिकका भाँडोमै हुर्काउन सकिने यो बिरुवा वनस्पति हुर्काउने सोख राख्ने जिज्ञासु र सिकारका लागि परीक्षणको रूपमा पनि लगाउन सकिन्छ । लामो लहरा जाने भएकाले यसले दिने हरियाली आकर्षक हुने गर्दछ । बोस्टन फर्न अत्यन्त आकर्षक देखिने बोस्टन फर्न पनि शुद्ध हावाप्रदायक मानिएको छ ।  बोस्टनफर्नले ब्याक्टेरिया तथा हावामा रहने किटाणुलाई नष्ट गर्ने क्षमता राख्ने विज्ञहरूले उल्लेख गरेका छन् ।  यसलाई पनि इन्डोर बिरुवाको रूपमा घर वा कार्यालयको उपयुक्त स्थानमा लगाएर सजावट गर्नुका साथै स्वस्थ हावाको पनि थोरबहुत व्यवस्था गर्न सकिन्छ ।   पिस लिली (शान्त लिली) हाम्रो वातवारणको अशुद्ध वायुलाई शुद्धीकरण गर्ने बिरुवामाझ पिस लिलीलाई पनि अब्बल मानिएको छ । कोही–कोही पिस लिलीलाई सौभाग्यको प्रतीक पनि मान्छन् ।  पिस लिलीले हावामा रहने विभिन्न थरी जीवाणुलाई नष्ट गरी शुद्ध हावा प्रदान गर्ने फिल्टरजस्तै काम गर्छ भनिन्छ ।  हरियालीका साथै पिस लिलीको आकर्षक फूल पनि फुल्दछ ।   घर तथा कार्यस्थलमा हरियालीले सजाउने प्रचलन बढ्दै गएको पछिल्लो समय थप ध्यान दिई यी र यस्तै स्वास्थ्यमा पनि सहयोग पुग्ने वनस्पति लगाउनाले हरियालीको आकर्षण बढाउने काम तथा फूल बगैंचा लगाउने सौखलाई थप अर्थपूर्ण बनाउने देखिन्छ ।

ड्राफ्ट तथा टीटीबाट स्वास्थ्य सामग्री बिना सिफारिस आयात गर्न पाइने

वैशाख ३१, काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड –१९ को महामारीमा सहजीकरण गर्दै यसबीच ड्राफ्ट तथा टीटीबाट बिना सिफारिस स्वास्थ्यसँग सम्बन्धित सामग्री आयात गर्न पाइने व्यवस्था गरेको छ । यस्ता सामग्री आयातमा तत्काललाई सटही सुविधा सीमा पनि  बढाइएको छ । यद्यपि सामान्यअवस्थामा पनि यस्ता सामग्रीको आयात गर्ने सीमा बढाइएको छ । केन्द्रीय बैंकले  विदेशी विनिमय विभागको एकीकृत परिपत्रलाई विहीवार संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंककाअनुसार अहिलेको परिस्थितिमा सम्बन्धित सरोकारवालाहरुले अक्सिजन सिलिण्डर, अक्सिजन कन्सन्ट्रेटर्स, अक्सिजन ट्यांक, अक्सिजन जेनेरेटर्स, अक्सिजन म्यानुफ्याक्चरिङ प्लान्ट, अक्सिजन डेलिभरी यासेसरीज र अन्य अक्सिजनसम्बन्धी सामग्री तथा भेन्टिलेटर उपकरणलगायतका कोभिड–१९ को स्वास्थ्य समस्याको उपचारमा सघाउ पुर्‍याउने जीवनरक्षक स्वास्थ्य सामग्री उपकरणहरुको आयातको हकमा तोकिएका ड्राफ्ट तथा टीटीको रकमसम्बन्धी सीमा, बीसीआई र स्वास्थ्य सेवा विभागको सिफारिस २०७८ असार मसान्तसम्मका लागि अनिवार्य नहुने व्यवस्था गरिएको छ । तर यस व्यवस्था बमोजिम आयात गर्दा आयातकर्ताले विदेशी विनिमय अपचलन गरेमा स्वयम् जिम्मेवार हुने स्वघोषणा बैंक तथा वित्तीय संस्थासमक्ष पेश गर्नु पर्ने राष्ट्र बैंकले बताएको छ । साथै बैंक तथा वित्तीय संस्थाले उक्त व्यवस्था बमोजिम आयात भएको विवरण संलग्न ढाँचामा मासिक रुपमा प्रत्येक महीना समाप्त भएको सात कार्य दिनभित्र केन्द्रीय बैंकको विदेशी विनिमय विभागमा पेश गर्नुपर्ने छ । नेपाल राष्ट्र बैंकले प्रतितपत्र बिना ड्राफ्ट तथा टीटीको माध्यमबाट हुने वस्तु आयातका लागि सटही सुविधाको सीमा बढाइदिएको छ । केन्द्रीय बैंकले कोभिड –१९को जोखिममा स्वास्थ्यसँग सम्बन्धित बस्तु आयातमा सहजिकरण गर्दै ड्राफ्ट तथा टीटीबाट प्रतिपटक अधिकतम अमेरिकी डलर ३५ हजार वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म सीमा तोकेको हो । यसअघि यस्तो सीमा एक पटकमा अमेरिकी डलर ३० हजार वा सो बरावरको परिवत्र्य विदेशी मुद्रासम्मको लागि मात्र प्रदान गर्न सकिने व्यवस्था थियो । सो व्यवस्थाअनुसार यसरी टीटीमार्फत सटही प्रदान गर्दा अमेरिकी डलर २५ हजारभन्दा बढी विदेशी मुद्राको सटही उपलब्ध गराउनु परेमा भने बेनिफीसरीको बिजनेश क्रेडिविलिटि इन्फरमेशन (बीसीआई) समेत लिने व्यवस्था मिलाउनु पर्नेछ । साथै सम्बन्धित फाइलमा सोको अभिलेख राख्नुपर्नेछ । कोभिड –१९ को वर्तमान स्वास्थ्य समस्यालाई रोकथाम तथा न्यूनीकरणको लागि सहजीकरण गर्न यो व्यवस्था गरेको राष्ट्र बैंकले बताएको छ ।  यसैगरी, सम्बनिधत व्यवसायीहरुले स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागको सिफारिसमा गरिने कोभिड –१९ सँग सम्बन्धित औषधिजन्य सामग्रीहरु तथा स्वास्थ्य उपकरणहरुको आयातको हकमा एउटै बीजकबाट अमेरिकी डलर १ लाखसम्मको रकम ड्राफ्ट तथा टीटीको माध्यमबाट भुक्तानी गर्न सकिने छ ।  साथै, अमेरिकी डलर १ लाखभन्दा माथिको सटही सुविधा आवश्यक परेमा स्वास्थ्य सेवा विभागको सिफारिससहित स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिनुपर्ने छ ।

काठमाडौं उपत्यका छाड्नेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडाैं । काठमाडौं उपत्यकाबाट बाहिर जाँदा अब स्थानीय तहको सिफारिस चाहिने भएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले मंगलबार जारी गरेको आदेशमा बुधबारदेखि सम्बन्धित स्थानीय तहको सिफारिससहित १० दिन क्वारेन्टिनमा बस्ने भएपछि मात्र उपत्यकाबाट गन्तव्यमा जाने पाइने उल्लेख छ ।  यसअघि सरकारले उपत्यका आउने व्यक्तिलाई अनिवार्य रूपमा १० दिन क्वारेन्टिनमा बस्ने...

स्थानीय तहको सिफारिस भए काठमाडौं छाड्न पाइने

काठमाडौं । निषेधाज्ञाका बीच उपत्यका छाड्न पाइने भएको छ । तर त्यसका लागि सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ ।  आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गर्दै कसैले काठमाडौं उपत्यका छाड्न चाहेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्नेछ । सोही...

लाइसेन्सविनै पढाउन पाइने

काठमाडौं : पढ्नमा अब्बल मेधावी विद्यार्थीका लागि खुसीको खबर छ। त्यस्ता विद्यार्थीले विनालाइसेन्स अध्यापन गराउन पाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरिएको छ। विश्वविद्यालयमा शिक्षामा उच्च स्थान हासिल गरेका मेधावी र क्षमतावान व्यक्तिलाई शिक्षण पेसामा आकर्षित गर्न यस्तो सिफारिस गरिएको समाचार राजधानी दैनिकमा छ। अब्बल र मेधावी वि...

जग्गाको कित्ताकाट फुकुवा

२७ पुस, काठमाडौं । सरकारले डेढ वर्षअघि रोक लगाएको जग्गा कित्ताकाट फुकुवा गरेको छ । सम्बन्धित स्थानीय तहले खेतीयोग्य जग्गा होइन भनेर सिफारिस गरेपछि जग्गा कित्ताकाट गर्न पाइने भूमि ब्यवस्थामन्त्री पद्मा अर्यालले जानकारी दिइन् । रोक्का गर्दा …